Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Travel Experience-Bhopal] थ्री भाईज्

Posted on June 10, 2012June 23, 2024 by bishalpana
with Rishi, Vijaya, Bakul Bhai, and other friend…

केहि वर्ष अघि रिलिज भएको आमिर खान अभिनित बलिउड चलचित्र थ्री इडियट्ले साहैनै चर्चा पायो । फिल्मको कथा र कलाकारको जिवन्त अभिनयले फिल्मलाई सुपर हिट बनाउन मद्दत गरेको थियो । थ्री इडियट्मा रहेका तिन पात्रझै गत साता मेरो भारत भ्रमणको क्रममा यस्तै तिन पात्रसँग भेट भयो । यहाँ म उनीहरुलाई थ्री इटिय्सको साटो थ्री भाईज्को रुपमा चित्रण गर्न चाहन्छ ।

प्रसंग भारतको मध्यप्रदेशको राजधानी भोपालमा भएको युवा संसदमा सहभागी हुँदाको हो । जल, जमिन र जङ्गलको लागि आन्दोलनरत एकता परिषद्ले कार्यक्रमको आयोजना गरेको थियो । परिषद्का अध्यक्ष तथा समाजसेवी राजागोपाल पि.वि.को छत्रछायाँमा आन्दोलन अघि बढिरहेको छ । यसै आन्दोलनको क्रममा आयोजना गरिएको युवा संसदमा भारतका सबै प्रदेशबाट सहभागीहरु आएका थिए । जसमध्ये मेरो सामिप्यता तीन जनासँग भयो ।

भारतमा अभियानकर्मीले एक अर्कालाई भाई वा बहन भनी सम्बोधन गर्ने गरिदो रहेछ । मेरो सामिप्यता भएकामा एक थिए झारखण्ड राज्यका मदन भाई, आसामका बकुल भाई र मणिपुरका ऋषि भाई । यी तिनसँग विताएको तीन दिनले मलाई पनि केही नयाँ कुरा सिक्न मद्दत ग¥यो ।

मदन भाई

झारखण्डमा महिला र बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका छन् गैर सरकारी संस्था मार्फत । हामी भोपाल पुगेकै दिनमानै उनिपनि आइपुगेका रहेछन् । २० जना सुत्ने व्यवस्था रहेको छात्रावासको कोठामा उनिसँग चिनजान भएपछि सामिप्यता बढ्यो । प्रष्ट बोल्ने, बोलिको लवज र बिन्दास पाराले गर्दा उनिसँग सम्बन्ध बढ्न गाह्रो भएन । मदन भाइ कार्यक्रम सुरु हुन लागिसक्यो भन्दा । कहाँ अहिल्यै सुरु हुन्छ अझै आधा घण्टा लाग्छ आउ एकछिन आराम गरौं भन्थे उनि ।

कार्यक्रममा सहभागी हुन आएपनि भोपालमा रहेका पर्यटकिय स्थल घुम्ने ठुलै सोख रहेछ उनलाई । जसका कारण उनिसँग लागेर भोपाल घुम्ने मौका हामीले पनि उठायौं । हामी पुगेको दिन भोपालको मन्दिरमा गएर मदन भाइले भगवानलाई सोमरस चढाएका रहेछन् । बचेको सोमरस प्रसाद स्वरुप मैले पनि ग्रहण गरे । कार्यक्रम सकिने दिननै मदन भाइको ट्रेन थियो । दिउसै देखिनै उनि हतारमा थिए । भन्दै थिए । अरे बिशाल भाई अब नेपाल आएगै तो खुब घुमेंगे । मदन भाइबाट मैले जिवनलाई कसरी सहज र खुसी भएर जिउनुपर्छ भन्ने जान्ने मौका पाए ।

बकुल भाई र ऋषि भाई 

कार्यक्रम सकिएकै दिन मदन भाई हिँडेपछि हामीले आफु बस्ने कोठालाई सिफ्ट ग¥यौं र त्यसपछिको दुई रात आसामका बकुल भाई र मणिपुरका ऋषि भाईका संघर्षका कहानीहरु सुनेर बिते ।

बकुल भाईलाई आसाममा वृक्ष मानब पनि भन्छनरे । करिब चालिसको आसपास पुगेका बकुल भाई महिनामा आधा भन्दा बढि समय त बाहिर नै हिड्दा रहेछन् । त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै उनले साथैमा बिद्युतबाट चल्ने भात पकाउने भाँडो (राइस कुकर) बोकेर हिड्ने रहेछन् । उनिसँगै दुई छाक खाना खाने अवसर पनि मिल्यो । आसाममा उनको आफ्नै बगैचा छ रे । उनको एउटामात्र काम छ त्यो हो रुप रोप्ने । कार्यक्रममै पनि उनले पाँच वटा आँपका रुख रोपे । उनले रुख रोप्ने अभियाननै चलाएका छन् ।

जल, जमिन र जङ्गलको माग गर्दै अक्टुबर २ तारिखबाट ग्वालियरबाट दिल्लिसम्म हुन लागेको जनसत्याग्रहको क्रममा उनले १ लाख आँपका विरुवा लगाउने योजना बनाएका छन् । त्यसकारण हाम्रो अधिकांश गफ जनसत्याग्रहमा १ लाख आँपका विरुवा रोप्नेमानै केन्द्रित थियो । कुरा गरिरहन मन पराउने बकुल भाइले आजको अवस्थासम्म आई पुग्न धेरै संघर्ष गर्नुपरेको । विभिन्न आरोपमा विद्रोही तथा प्रहरी प्रशासनबाट पक्राउ परेको र बैंकबाट ऋण लिनको लागि गर्नुपरेको संघर्ष सुन्दा मनै सिरिङ्ग भएको थियो । अहिले आफु जुन स्थानमा छु त्यो आफ्नो एकाग्रताले भएको उनको दृढविश्वास थियो । वृक्ष मानवले गरेको कामबाट उनलाई आसामका मुख्यमन्त्रिले पुरस्कृतसमेत गरेका रहेछन् । जे होस् बकुल भाइको अनुभव र उनको दृढ संकल्प वातावण संरक्षणको लागि अति महत्वपूर्ण छ ।

बकुलभाइसँगै ऋषि भाई पनि हामीसँग थिए । कम बोल्ने तर स्पष्ट बोल्ने ऋषी भाईले कार्यक्रममा अहिंसात्मक आन्दोलनको बारेमा आफ्नो अनुभव सुनाए देखिनै म उनिसँग कुराकानी गर्न इच्छुक थिए । उनी पनि एक्लै भएपछि हाम्रो कोठामा आएका कारण लामै कुराकानी गर्ने अवसर मिल्यो । ऋषिभाई मणिपुरमा विद्यार्थी आन्दोलन गरेर सामाजिक क्षेत्रमा प्रवेश गरेका मान्छे । हाल एकता परिषद्मा कार्यरत उनिपनि अधिकांश समय घर बाहिरनै हुन्छन् । भारतका विभिन्न प्रदेशहरुमा घुम्ने जनतासँग साक्षत्कार गर्ने ३८ वर्षिय ऋषि भाईको संघर्षको कथा पनि साह्रै घत्लाग्दो थियो । अलि शैक्षिक प्रवृत्तिका ऋषिभाई जनसत्याग्रहका क्रममा विदेशबाट आउने समर्थकहरुलाई के कसरी व्यस्थित गर्ने भन्नेमा केन्द्रित थिए । उनको योजना विदेशी टोलीलाई भारतको गाउँहरुमा घुमाएर त्यहाँको विकासको लागि श्रोत संकलन गर्नु थियो । मृद भाषी ऋषि भाईसँगको छोटो बसाईले पनि सामिप्ता जोड्न ज्यादै मद्दत ग¥यो ।

यी थ्री भाईजसँगको साथका कारण मेरो भोपाल यात्राले सार्थकता पायो । अहिले पनि म उनीहरुसँग फोन, फेसबुक र ईमेलमार्फत सम्पर्कमा छु । उनिहरु अहिले पनि आ–आफ्नै योजनामा केन्द्रित छन् । मदन भाई कसरी महिला र बालबालिकाको ओसारपसार रोक्न सकिन्छ भन्नेमा केन्द्रित छन् । बकुल भाई १ लाख वटा आँपका विरुवाको संकलन, रोपण र संरक्षणको योजनामा केन्द्रित छन् भने ऋषि भाई भारत आउने विदेशीहरुलाई भारतको ग्रामीण विकासमा कसरी सहभागी गराउन सकिन्छ भन्नेमा केन्द्रित छन् । अप्रत्यक्ष रुपमा भए पछि म उनिहरुको योजनाको सफलताको कामना गर्न चाहन्छ । धन्यवाद थ्री भाइज फर योर कम्पनी ।

Related

1 thought on “[Travel Experience-Bhopal] थ्री भाईज्”

  1. Pingback: लेख्दा लेख्दै लेख्न लागे - bishalpana

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb