Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Plastic Surgeon

डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video

Posted on September 8, 2024September 8, 2024 by bishalpana

Plastic Surgeon Dr. Beenod Karn सँग गरिएका पडकाष्ट कुराकानीको भिडियो लिंक तल छ ।

नेपालगन्जमा जन्मिएर नेपालगन्जमै सेवा गरिरहेका, कमैले मात्र नचिन्ने नेपालगन्जिया हुनुहुन्छ डा. बिनोद कर्ण । उहाँको विज्ञता हो प्लाष्टिक सर्जरी । उहाँलाई प्लाष्टिक सर्जन (Plastic Surgeon) का रुपमा मात्र चिनाउनु भने अपूर्ण हुन्छ ।

उनलाई झट्ट हेर्दा ‘उहाँ डाक्टर हो र ?’ भन्ने पनि नभएका होइनन् ।

सामान्य नेपाली कदकाँठिका हुनुहुन्छ डा. कर्ण । चुठ्ठि बानेको कपाल अनि शिरमा ढाका टोपी डा. कर्णलाई चिनाउने पहिचान हो ।

चीनबाट प्लाष्टिक सर्जरीको विज्ञता हासिल गर्नुभएका डा. कर्ण सिंगो पश्चिम नेपालको एकमात्र प्लाष्टिक सर्जन हुनुहुन्छ । दुई दशक बढिको चिकित्सा करियरमा सामान्य र जटिल गरि उहाँले हजारौंको प्लाष्टिक सर्जरी गर्नुभएको छ ।

आगोले पोलिएको होस् वा दुर्घटनामा परेर अगंभंग भएकाले शरिरका अंगहरुको पुर्ननिर्माण गर्नुपरेमा निर्विकल्प खोजिने व्यक्ति हुन डा. कर्ण ।

डा. कर्णको पहिचान प्लाष्टिक सर्जनका रुपमा मात्र सिमित छैन । नेपालगन्जसँग जोडिएका हरेक सवालमा डा. कर्णलाई कुनै न कुनै रुपमा जोडिएको पाइन्छ ।

नेपालगन्जको फोहोर व्यवस्थापन होस या वातावरण संरक्षण डा. कर्ण आवाज उठाइरहनुहुन्छ ।

सफा नेपालगन्ज, हरित नेपालगन्ज (Clean Nepalgunj Green Nepalgunj) अन्र्तगत साप्ताहिक रुपमा नेपालगन्ज सरसफाईको अभियान सुरुवात गर्नुभएका डा. कर्णले नगरका विभिन्न भागमा वृक्षरोपण पनि गरिरहनुभएको छ ।

डा. कर्णले स्वतन्त्र उम्मेदवारको रुपमा दुई पटक चुनाव लड्नु भएको छ । पहिलो पटक भन्दा दोस्रो पटकको चुनावमा आफ्नो मतसंख्या बढेकोमा डा. कर्ण उत्साहित हुनुहुन्छ ।

‘अबको चुनावमा मैले अझ राम्रो नतिजा ल्याउन सक्छु’, डा. कर्ण भन्नुहुन्छ ।

‘डाक्टर मान्छे किन चुनाव लड्नुभएको’, मेरो प्रश्नमा उहाँको जवाफ थियो, ‘म नेपालगन्जको, मैले नेपालगन्जको लागि केही गर्नुछ र मसंग त्यसको योजना पनि छ, जुन जनप्रतिनिधिको रुपमा मात्र गर्न सम्भव छ ।’

डा. कर्ण सामाजिक संजालमा पनि सक्रिय हुनुहुन्छ । बेलाबेलामा सामाजिक संजालबाट सामाजिक सरोकारका विषयहरुको उठान गर्नुहुन्छ र सामाजिक संजालबाटै विचार मन्थन पनि गर्नुहुन्छ ।

करिब चार वर्ष अघि डा. कर्णसँग नेपालगन्जमा जारी वृक्षरोपणको सन्दर्भमा छोटो कुराकानी गर्ने मौका पाएको थिए ।

यस पटक भने करिब दुई घण्टा बात मार्ने अवसर मिल्यो । डा. कर्णलाई अझ नजिकबाट चिन्ने मौका पाए । खुलेर कुराकानी गर्न पाए ।

अहिले उहाँ नेपालगन्जले चिनेजानेको डाक्टर, सामाजिक अभियन्ता अनि राजनीतिकर्मीका हुनुहुन्छ ।

यसरी चिनिनुको पछाडी, वर्षौको मेहनत, लगनशिलता अनि परिश्रम जोडिएको छ ।
यस पडकाष्टमा डा. कर्णको बाल्यकाल, संघर्ष, अध्ययन, राजनीति अनि प्लाष्टिक सर्जरीसँग जोडिएर कुराकानी गरिएको छ ।

प्लाष्टिक सर्जरी भन्ने बित्तिकै प्लाष्टिक हालेर सर्जरी गर्ने हो कि भन्ने आम बुझाईलाई पनि यस पडकाष्टले सच्याउने आशा गरिएको छ ।

यस पडकाष्ट सुन्न थाल्नुभएकोमा धन्यवाद । यस पडकाष्टका लागि तपाईले लगानी गर्नुभएको डेढ घण्टाले सकारात्मक प्रभाव पार्नेछ भन्ने अपेक्षा छ ।

https://youtu.be/_vY8yv5ioqc

मेरो यस अघिका पडकाष्टहरु तलका लिंकहरुमा छन् ।

नेपालगन्जका अगुवा फोटोग्राफर देविप्रसाद रस्तोगीसंग नेपालगन्जको फोटोग्राफी इतिहासको बारेमा गरिएको पडकाष्ट
अग्रज पत्रकार झलक गैरेले मसँग गर्नुभएको गन्थन मन्थन
लागु औषध मुक्त समाज निर्माण गर्ने अभियानमा सक्रिय युवा प्रविण विसीसँग गरिएको पडकाष्ट

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • Special Day किन विशेष छ August 19?
  • माहुरीले चिलेका दुई घटना [Part-2]
  • Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?
  • माहुरीले चिलेका दुई घटना [Memory Part-1]

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb