‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।
म्यासेज हेरेर पहिले त हाँसो लाग्यो ।
एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए ।
तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए ।
सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात अफ्रिकन महादेशको अग्लो हिमाल किलिमान्जारो । किलिमान्जारो हिमालको काखमा रहेको मोसी शहरमा प्रत्येक वर्ष आयोजना हुन्छ यो म्याराथन ।
तान्जानियामा रहेर काम गर्न थालेको करिब एक वर्ष पुग्नै लाग्दा यो प्रतियोगिता हुन लागेको थियो । धेरैजसो सहकर्मीहरुले म्याराथनमा भाग लिनका लागि नाम दर्ता गर्न थालिसकेका थिए ।
गु्रपमै म्यासेज आइसकेपछि करबलले भएपनि सइदलाई भेट्न गए । उ मुसुमुसु हाँस्दै थियो । सइद पूर्वी अफ्रिकामा बोलिने स्वाहिलि भाषा शिक्षक हो । उसले भाषाविज्ञानमै विद्यावारिधि पनि गर्दै छ । साहै्रै हसमिजास र मलाई स्वाहिलि पढाउने शिक्षक पनि ।
उसँग आफ्ना कुराहरु राख्न सहज लाग्ने भएकाले भने, ‘सइद मैले अहिलेसम्म कुनैपनि दौड प्रतियोगितामा झुक्किएर त सहभागी भएको छैन, ४२ किलोमिटर म्याराथनमा कसरी दौडिउँला?’
‘रमाइलो मात्र गर्न?’ मैले आश्चर्य सहितको प्रश्न तेस्र्याए । ‘हो त, धेरै देशका मान्छेहरु किलि म्याथनको बेलामा रमाइलो गर्न, घुम्न र बिदा मनाउन पनि आउँछन् ।’ सइदले भन्यो ।
अलिकति हिम्मत बढेजस्तो भयो ।
फेरी पनि आफुलाई तेस्रो विकल्पकै नजिक पाए । यानिकि ५ किलोमिटर ।
‘४२ र २१ किलोमिटरमा माग लिनेले प्रमाणपत्र र मेडल पाउँछन् । ५ किलोमिटरले केई न केई ।’, सइदको यो भनाईले चाँही एकछिन खिसिक्कै परे ।
धत्तेरिका ५ किलोमिटर भएनी दौडनुपर्ला भनेको त न प्रमाणपत्र, न मेडल । अनि दुःख केका लागि? मनमनै फत्फताए ।
‘२१ किलोमिटर दौडने सबैले मेडल र प्रमाणपत्र पाउँछन त ?’, फेरी सोधे, किनकि ४२ किलोमिटरलाई त मैले दुर–दुर तर सम्भव देखिन ।
‘होनी सबैले पाउँछन्, यदि तोकिएको समयसीमा भित्रमा दौड पुरा गरेमा । यानिकि करिब ५ घण्टामा ।’ सइदको कुराले हिम्मत बढ्यो ।
मन मनै हिसाब लगाए । एक घण्टामा ४ किलोमिटर मात्रै पनि कटाए भने त मेरो मेडल पक्का ।
‘लु उसो भए म पनि २१ किलोमिटरमा माग लिन्छु ।’ खै कसरी आयो हिम्मत, फ्याट्टै भन्दिए ।
२६ फेब्रुअरी, २०२३
बिहान ३ बजेनै आँँखा खुल्यो । साढे ४ बजे मोसी जान गाडि चढिसक्नुपर्ने ।
मुस्किलले करिब ३ घण्टामात्र निदाउँन सके । भोली कसरी दौडिउँला भन्ने तर्कनाले अघिल्लो रात खासै निद्रा परेन ।
सुत्नेबेलामा शान्त भएर एउटा प्रण भने गरेको थिए, ‘नेपालीको छोरो हुँ, नेपालगन्जिया हुँ, २१ किलोमिटर त कुनै हालतमा पुरा गर्छु, त्यो पनि ३ देखि साढे ३ घण्टामै पुरा गर्छु ।’
झिसमिसे उज्यालोमै मोसी पुगियो । दौड सुरुहुने मोसी कोअपरेटिभ युनिभर्सिटि (मोकु) पुग्न १ किलोमिटर अगावै गाडि रोकियो । सयौं गाडि र हजारौं मानिसहरु बाटा भरी थिए । दौडका लागि तोकिएका नम्बर र जर्सि लगाएर कोही सेल्फि, कोही भिडियो बनाउन व्यस्त थिए ।

भिडमभाड थियो । साढे ६ हजार बढि दौडँदै थिए । आफैलाई भिडको बिचमा पाएँ । दौड सुरुभएपछिको बाटो केही उकालो थियो । अगाडि आँखाले देखुन्जेल सम्म पनि मान्छे दौडिएकै थिए । अछाडी फर्केर हेर्दा पनि आँखाले देखुन्जेल सम्म मान्छे दौडिनै रहेका थिए । आफु चाहि बिचमा ।
करिब २ किलोमिटरसम्म सहकर्मी डेनमार्ककी सिसिलिया र म सँगसँगै हिड्यौं । सइद लगाएत आधादर्जन बढि सहकर्मीहरु केही पछाडी हिँडिरहेका थिए ।
दौडका लागि तयारी गरिरहँदानै सइदले भनेको थियो, ‘हामी कसैलाई जित्न जान लागका होइनांै । आफुले प्रतिस्पर्धा गर्ने आफुसँगै हो । त्यसैले कसैलाई जित्ने कोशिश नगर्नु । बरु जति सकिन्छ आफ्नो रफ्तारलाई एकनास राख्न कोशिस गर्नु ।’
दौडनेहरु पनि गज्जब । कोही हातमा, कोही काँधमा स्पिकर बोकेर ठुलो ठुलो आवाजमा गीत घन्काउँदै दौडिरहेका छन् । कोही २०, २५ जनाको झुण्डमा गीत गाउँदै दौडिरहेका छन् । कोही भुभुजेला बजाउँदै दौडिरहेका छन् । कोही विभिन्न खालका मस्कट लगाएर दौडिएका छन् । यौ दौड नभएर कुनै चाड हो जहाँ सबै रमाउन आएका छन् । यी सबै नजारा हेर्दै दौडदा शरिर थाकेको महसुस भएन ।
पाँच किलोमिटर दौडिसकेपछि लस्करै सडकको दायाँ बायाँ पानी र कोकाकोलाका ग्लासहरु राखिएका टेबल देखियो । पानी पिउनेले पानी, कोक पिउनेले कोक । अनि पानीमा भिज्न चाहनेको लागि सावर । साथमा ठुल्ठुलो आवाजमा घन्किरहेको अफ्रिकन म्युजिक त थियो नै ।
आफुले बोकेको आधा लिटरको बोतलमा पानी भरे र करिब १ किलोमिटर हिँडे । मेरो खुट्टाले जवाफ दिन थालिसकेको थियो । तर अब मात्र १६ किलोमिटर त पार गर्नुछ भन्ने सम्झिएर रोमान्चित पनि भए ।
बाटोभरिको नजारा रोमान्चक थियो । १ किलोमिटर हिँड्ने, २ किलोमिटर दौड्ने रणनीति लिएको थिएँ, काम गर्यो ।
अब ३ किलोमिटर मात्र बाँकी भनेर ह्वाट्सअप गु्रपमा म्यासेज गरे । अनि आफ्नो गतिमै दौडन सुरु गरे ।
१९ किलोमिटरको माइस्टोन पार गरेपछि
जब १९ किलोमिटरको माइस्टोन पार गरे । वरिपरि अन्धकार जस्तो लाग्यो । पेटदेखि घाँटीसम्म केही अड्किरहेको जस्तो लाग्यो । पैतला छ कि छैन । खुट्टा सरेको छ कि छैन । वरिपरि कोही मान्छ छन् कि छैनन् । न कसैको आवाज सुने जस्तो लाग्यो । न कोही बेलो जस्तो लाग्यो ।
अबको १० मिनेटमा त मेरो घाँटीमा पनि मेडल हुनेछ । त्यही मेडल जसका लागि मैले जीवनमा पहिलो पटक दौड प्रतियोगितामा भाग लिने निर्णय गरे ।
म भन्दा अगाडिनै हाफ म्याराथन पुरा गरिसकेका मेरा सहकर्मीहरुले मेरो पनि हुटिंग गर्दा ठुलै आनन्द लाग्यो । म भन्दा पछि मेरा कार्यालयका ५ जना साथीहरुले दौड पुरा गरे । हाम्रो कार्यालयबाट ११ जनाले हाफ म्याराथनमा भाग लिएका थियौ । जसमध्ये मैले छैठौं नम्बरमा दौड पुरा गरेको रहेछु । बडो आनन्द लाग्यो ।
यो मैले भाग लिएको पहिलो म्याराथन थियो, अनि पुरा परेको पनि पहिलो । तर यो प्रतियोगिताले मलाई दुईवटा कुरा सिकाएको छ । पहिलो, अफ्रिकामा म्याराथन मात्र एक खेल होइन, यो एउटा पर्व हो । दोस्रो, कुनैपनि कुरा तबसम्म असम्भव रहेछ जबसम्म त्यसलाई सम्भव बनाउने कोशिस नगरिने रहेछ ।