Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

माहुरीले चिलेका दुई घटना [Part-2]

Posted on August 5, 2024August 21, 2024 by bishalpana

घटना २ः घाम तापेर पत्रिका पढ्दा

महसहितको मारीको चाका खाँदाको घटना त माहुरीले चिलेको पहिलो ब्लगमा पढ्नु भयो होला । पहिलो घटना पढि नसक्नु भएको भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

अब लागौ दोस्रो घटना तर्फ…

कुरो वि.सं. २०७० साल तिरको हो । म तत्कालिन महिला तथा बालबालिका कार्यालय, बाँकेमा कार्यरत थिएँ । युनिसेफको सहयोगमा संचालन भएको पारालिगल कार्यक्रमको सुपरभाइजरको रुपमा । काम थियो बाँकेका विभिन्न गाविसमा पारालिगल समूह गठन गरी समुहका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने ।

महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहँदाको म ।

कम्दि गाविस कार्यालयमा तालिमको आयोजना गरिएको थियो । म र विष्णुमाया श्रेष्ठ दिदिले तालिम सहजिकरण गरिरहेका थियौं । पुसको महिना बिहान कुहिरो लागे पनि दिउँसो पारिलो घाम लागेको थियो । मैले आफ्नो सत्र सकाएपछि विष्णुमाया दिदिले तालिम सहजिकरण गर्न थाल्नुभयो ।

पारिलो घाम लागेकाले चौरमा बसेर पत्रिका पढ्छु भनेर म बाहिर निस्किए । साथमा कान्तिपुरलगायतको पत्रिका बाकेर गएको थियो । गाविस कार्यालयको चौरमा पल्टिए । आकास तिर फर्केर पत्रिका पढ्न लागे । पत्रिका पढ्न लागेको त्यस्तै पन्ध्र मिनेट जति भएको थियो । कताबाट एउटा माहुरी आएर पत्रिकामा बस्यो । पत्रिका हल्लाए पछि माहुरी उड्यो । केहिबेरमा फेरी तीन चारवटा माहुरी आएर बस्यो । त्यसलाई पनि भगाए ।

त्यसपछि त हुरुरु आएको एक हुल माहुरीले मलाई घेरीहाल्यो । हत्त न पत्त उठे । माहुरीले मनपरि टोक्न सुरु गरिसकेको थियो । म रन्थिनिन थाले । के गर्ने कसो गर्ने सोच्नै सकेको थिएन ।

केही पर रहेको चिया नास्ता पसलको दाईले मलाई माहुरीले टोकिरहेको देखेछन् । यता आउ यता आउ भन्ने लागे । उनको पसलको पछाडी फोहर बटुलेर आगो बालेका थिए । आगो भन्दा पनि त्यो थुप्रोबाट मज्जैको धुवाँ आइरहेको थियो ।

मेरो पालो गएर त्यही धुवाँको मुस्लोमा घोप्टो परेर बसे । धुवाँले गर्दा होला अघिसम्म मलाई चिलिरहेका माहुरी भाग्न थालेका थिए । आकासमा भने माहुरी बाक्लै गरी उडिरहेका थिए ।
संजोगले मैले त्यो दिन थर्माकट र उलनको सर्ट लगाएको थिए । जाडो महिना भएकाले । त्यसले पनि मौरिले धेरै टोक्न पाएन । तरपनि १० देखि १५ वटाले त टोक्यो होलान ।

पछिमात्र थाहा भयो, म बसेको चौर दक्षिणतर्फ सिमलको अग्लो रुख थियो । त्यसमा माहुरीको पोलो रहेछ । कताबाट काग हो वा चिल आएर पोलोमा हानेर गएकोले मौरिहरु उडेका रहेछन् । माहुरीको पोलो चलाउन कता पुगे कता, म भने त्यसको सिकार बने ।

माहुरीको टोकाइको पिडा त के भनिसक्नु । तर न रुख सक्थे न कराउन । केही बेर निकै दुख्यो । माहुरीले टोकेको ठाउँमा सुन्निएको थियो ।

अर्को दिन तालिमका लागि जान पनि डर लागिरहेको थियो । तर जार्ने पथ्र्यौ । अर्कोदिन त्यहि जाँदा धेरै पटक त्यही रुखतर्फ हेरे । माहुरीले भने त्यो रुखबाट बसाई सरिसकेको रहेछ ।

माहुरीले चिलेको घटना लेखिरहँदा मेरो एक जना साथीको याद आयो । बर्दियाको जमुनीबाट फर्कदै गर्दा उनलाई पनि माहुरीले चिलेर अस्पतालनै भर्ना गर्नुपरेको थियो ।

तपाईलाई माहुरीले चिलेको छ ? छ भने आफ्नो अनुभव कमेन्टमा सेयर गर्नुहोला है ।

*कभर फोटो माइक्रोसफ्टको एआई इमेज जेनेरेटरबाट तयार पारिएको हो।

Related

1 thought on “माहुरीले चिलेका दुई घटना [Part-2]”

  1. Sher BAHADUR khatri says:
    August 5, 2024 at 4:09 pm

    Malai chai barulaa le tokera Hanuman banaideko x gyan Jyoti school padne kram ma school saker Ghar farkada tokeko barulale dui din school gayena lajle

    Loading...
    Reply

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb
%d