Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
RSP

[Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?

Posted on January 19, 2026January 20, 2026 by bishalpana

“म यो पटक नेपालका पुराना कुनैपनि पार्टीलाई भोट हाल्दिनँ ।” पछिल्लो पटक नेपालमा भेट्दा मेरो बाल्यकालको साथीले भन्यो ।

“किन बे ?” उही दोस्तियाना लवजमा सोधे ।

“यो पुराना पार्टीको काम पनि छैन, आशा पनि छैन ।”, घुमाई फिराई कुरा गर्न नजान्ने उसले सटिक जवाफ दियो ।

“त्यसो भए कुन पार्टीलाई भोट हाल्ने विचार छ त?”
उसको उत्तर अझ स्पष्ट थियो, “म पुराना कुनै पनि दललाई भोट हाल्दिनँ । म यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट हाल्छु ।”
==================================================
तान्जानिया फर्कदै गर्दा मैले फेसबुकमा यात्राबारे पोस्ट गरेको थिए ।
“कृपया राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नुहोला र यो पार्टीका लागि माहोल बनाउन पनि सहयोग गर्नुहोला है ।” सारमा एक मित्रको कमेन्ट यस्तै थियो ।

नेपाल बाहिरै रहेको गाउँको साथीले त पुराना दलहरुप्रतिको तिक्तता पोख्दै लामै स्टाटस लेख्यो । राष्टिय स्वतन्त्र पार्टिलाई भोट हाल्नै पर्ने दाबी सहित ।

के राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै “घण्टी” बजाउन सक्ला?

मैले अनुभव गरेका यि पछिल्ला घटनाक्रले मेरो मनमा एउटा प्रश्न आयो, ‘के राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै “घण्टी” बजाउन सक्ला?’ घण्टि यानिकि रास्वपाको चुनाव चिन्ह ।

यी घटनाहरू सामान्य लाग्न सक्छन्, तर यिनले प्रतिनिधित्व गर्ने भावनाचाहिँ ठूलो छ । यो कुनै एक व्यक्तिको सोच मात्र होइन, पछिल्लो समय धेरै नेपालीको मनोविज्ञानमा देखिन थालेको परिवर्तनको संकेत हो ।

अहिले सामाजिक सन्जालहरुमा प्रवासमा रहेका नेपालीहरुको पोष्ट, कमेन्टहरु हेर्दा नेपालका पुराना दलप्रति तिव्र वितृष्णा देखिन्छ । उनिहरुले “पुरानै दल, पुरानै अनुहार” प्रतिको असन्तुष्टि खुल्ला रूपमा व्यक्त गरिरहेका छन् ।

पछिल्लो केहीसमयमा नेपालको राजनीतिक परिदिशा तिब्र रुपमा बदलिरहेको छ । विशेष गरी भदौ (सेप्टेम्बर ८ र ९, २०२५) मा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा तिब्र परिवर्तन आएको छ ।

जेनजीको जनआन्दोलनले केवल सरकार मात्र परिवर्तन गरेन, यसले जनताको अपेक्षा पनि बदलिदिएको छ ।

आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दिन बाध्य भए ।

पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा जेनजीले चाहेको (!)सरकार बनेको छ ।

अहिलेको सरकारको प्रमुख जिम्मेवारी भनेको फाल्गुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । यस चुनाबाट केवल सरकार परिवर्तन मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अवसर पनि छ ।

चुनाव आयोगका तथ्यांक हेर्ने हो भने यस पटक करिब १० लाख नयाँ मतदाता थपिएका छन । यीमध्ये ठूलो हिस्सा युवा मतदाताको छ । यही समूह अहिले सबैभन्दा धेरै प्रश्न पनि गरिरहेको छ—“हामीले किन फेरि त्यही पुरानै विकल्प किन रोज्ने ?”

पुराना राजनीतिक दलहरूतर्फको पारा हेर्दा पनि खासै उत्साहजनक लक्षण देखिदैन । कुनैपनि दलले जेनजीको मनोभावना अनुसार आफुलाई बदलेको स्पष्टरुपमा देखिएको छैन ।

जेनजी आन्दोलन अघि नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली थिए अहिले पनि उनिनै छन । जेनजीका मागप्रति भन्दा पुरानै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दैआएको नेकपा एमालेले उम्मेदवारसमेत छानेर चुनावमा होमिएको छ ।

देशकै सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली काँग्रेस विवादका बिच विशेष महाधिबेशन गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनिसकेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई नमाने पनि निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई मान्यता दिइसकेको छ । 

नेपाली कांग्रेसको पार्टी भित्रको विवादले आगामी चुनावमा काँग्रेसको नतिजामा प्रभाव पार्ने त भयोनै संसदमा काँगे्रसको हैसियतनै के हुने भन्ने प्रश्न छ ।


माओवादी केन्द्र सधैंझैँ गठबन्धनको राजनीतिमा केन्द्रित छ । दर्जन बढि दललाई मिलाएर पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टि बनाएका छन । उसो छ चुनावको मुखमा कहिले काँग्रेस र कहिले एमालेसँग गठबन्धन गर्न खप्पिस दाहालले यो पटक दुबै पार्टीसँग तालमेलको सम्भावना कम देखिन्छ । अनि आफैपनि चुनाव लड्नका लागि आफुलाई सबैभन्दा सुरक्षित ठाउँ कहाँ हुन सक्छ भन्ने ध्याउन्नमा थिए ।

यी र यस्ता राजनीतिक घटनाक्रमले गर्दा पनि अहिले धेरै मतदातालाई विकल्प खोज्न बाध्य बनाएको छ । विशेष गरेर युवा पुस्तालाई ।

त्यसैले पनि होला अहिले रास्वपाको चर्चा बढ्दै गएको छ । विशेषतः जेनजी आन्दोलनलाई प्रत्यक्ष रुपमा समर्थन गरेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकता (हाल घिसिंग छुटिइसकेका छन्) र अन्य दलका सदस्यहरुको रास्वपामा प्रवेशले यस पार्टीप्रति समर्थन खुला समर्थन र चासो बढाएको छ ।

यद्यपी रवि लामिछाने माथि लागेको मुद्दालाई प्रतिपक्षिले चुनावी मसला बनाउनेछन् ।

त्यसमाथि काठमाडौंका मेयर तथा भावि प्रधानमन्त्रीको रुपमा हेरिएका बालेनले एमाले सुप्रिमो तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा ५ बाट चुनाव लड्ने उद्घोष गरेका छन् ।

यसले रास्वपा प्रतिको चासो अझ बढाईदिएको छ ।

तर रास्वपा प्रतिको यो चासो र युवा वर्गमा देखिएको उत्साह मात्र रास्वपालाई घण्टी बजाउन या भनौ आगामी चुनाव जितेर सरकार बनाउन पर्याप्त छ त ?

राजनीतिक पार्टीका लागि संगठन, नीति, नेतृत्व जति बलियो भएपनि उनिहरुको असली परिक्षण भनेको जनताको मतबाट हुने हो ।

त्यसैले पनि रास्ट्रिय स्वतन्त्र पार्टीका लागि यो चुनाव जनताबाट परिक्षण हुन सक्ने ठुलै सम्भावना भएको चुनाव हो ।

रास्वपालाई जनताले विश्वास दिन तयार देखिन्छन्, तर त्यो विश्वासलाई कसरी व्यवहारमा उतारिन्छ भन्ने प्रश्न भने थातीनै छ ।

अन्ततः कुरा फेरि त्यही प्रश्नमा आएर अडिन्छ, के रास्ट्रिय स्वतन्त्र पार्टीले अबको चुनावमा घण्टी बजाउन सक्ला?

के रास्वपा बैकल्पिक शक्ति बन्न सक्ला ?

यो प्रश्नको उत्तर आगामीे चुनावले नै दिनेछ ।

यहि विषयमा मैले मेरो युट्युब च्यानल बिशालपाना च्यानलमा पनि आफ्नो बिचार राखेको छु । कृपया हेर्नुहोला ।

 

रास्वपाप्रतिको युवा चासोको कुरा गरीरहँदा, अफ्रिकी देश सियरालियोनमा युवाहरुको जीवन बर्बाद गरिरहेको लागुऔषध कुशको बारेमा मेरो यो ब्लग पढ्न सक्नुहुनेछ । 

Related

1 thought on “[Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?”

  1. गगन थापा says:
    January 20, 2026 at 11:37 pm

    विश्लेषण राम्रो लाग्यो

    Loading...
    Reply

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर
  • [A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना
  • [Violence aginst Women] महिला हिंसाका उस्तै रुप
  • [Nepali Community in Uganda] युगाण्डामा तीज मिलन
  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb
%d