Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
drug crime or disease

Drug Abuse: Crime or Disease? लागुऔषध अपराध कि रोग?

Posted on September 4, 2024September 8, 2024 by bishalpana

लागुऔषध अपराध कि रोग? [Drug Abuse: Crime or Disease?]

यहि प्रश्न मैले साथी प्रविणलाई पडकाष्टमा सोधेको थिए । उनको सटिक जवाफ थियो, ‘लागुऔषध रोग हो नि साथी, उपचार गरेपछि लागुऔषध दुव्र्यसन छोडन सकिन्छ ।’ हामी एक अर्कालाई नाम भन्दा पनि ‘साथी’ भनेरै सम्बोधन गर्छौं ।

हाम्रो चिनजान भएको पन्ध्र वर्ष बढि भयो होला । यसबिच कहिले सामान्य हेल्लो हाइ त कहिले चिया गफमा भेट हुन्थ्यो । उनि लागुऔषध दुव्र्यसन मुक्त समाज बनाउन तल्लिन । मज्जाले बसेर बातमार्ने मौका मिलेको थिएन ।

यस पटकको नेपाल बसाईमा पोडकाष्टको योजना बन्यो । को संग कुरा गर्ने भन्दा मेरो दिमागमा आएको नाम थियो प्रविण ।

उनकै नेतृत्वमा संचालन भएको लागुऔषध पुर्नस्थापना केन्द्रमा पडकाष्ट सुटिङ्ग गरियो । डेढ घण्टा बात मारिएछ । तर अझै छोटो लाग्यो 

अझै धेरै कुरा छन प्रविणसँग सिक्न गर्न सकिने, सोध्न सकिने अनि सकिने । जसले एउटा लागुऔषध मुक्त समाज निर्माणका लागि योगदान दिन सक्छ ।

पडकाष्टमा प्रविणले भनेका छन लागुऔषध प्रयोगलाई अपराध भन्दा रोगको रुपमा बुझिदिनुपर्छ । ‘कुनैपनि व्यक्तिले लागु औषध प्रयोग गर्छ भन्ने थाहा पाएमा घर परिवार र समाजले उनिहरुलाई हेला र दुव्र्यवहार होइन उपचारमा जान मद्दत गर्नुपर्छ’, बिसि भन्छन्, ‘लागुऔषधको प्रयोग पनि एक रोग हो, यसको उपचार सम्भव छ ।’

प्रविनको थप भनाईहरु यस अघिको ब्लग कुश द जम्बि ड्रगमा पनि समावेश गरिएकाे छ ।

यो त भयो लागुऔषध अपराध कि रोग भन्ने कुरा ।

प्रविणको युवाअवस्था कसरी बित्यो ? उनि कुलतमा कसरी फसे ? के के हण्डर खानु प¥यो । सिंगापुरबाट किन फर्कनु पर्यो? अनि कसरी विगत १६ वर्ष भन्दा बढिसमय देखि लागु औषध मुक्त जीवन बिताइ रहेकाछन् ।

यि सबै कौतुहलता मेटाउनका लागि यो पडकाष्ट हेर्नुहोला है ।

 

लागुऔषधका बारेमा मैले लेखेको ब्लग बाँकेको नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जमा ३० जुलाई २०२४मा प्रकाशित भएको थियो ।  

 

 

Screenshot of the news published in Dainik Nepalgunj

 

दैनिक नेपालगन्जमा प्रकाशित समाचारको इपेपर लिंक यहाँ छ ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb