Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Piyush Mishra

तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]

Posted on February 3, 2026February 4, 2026 by bishalpana

के तपाई रक्सि पिउनुहुन्छ ? रक्सि यानि मदिरा ।
के तपाईंलाई लाग्छ कि मदिराले मानिसको जीवन नै बर्बाद पार्छ ?
के एकचोटि मदिराको लत लागेपछि त्यसबाट बाहिर निस्कन असम्भव हुन्छ ?
तपाईको मनमा पनि यी प्रश्नहरु आउँछन भने आज मैले चर्चा गर्न गईरहेको किताब तपाईले पढ्नुपर्ने मध्येको एक किताब हुनसक्छ ।
यो किताब भारतका एउटा यस्ता कलाकारको हो । जो चर्चित छन् तर गुमनाम पनि छन् । हक्की छन् तर बहुप्रतिभाशालि छन् ।
आज मैले चर्चा गर्न लागेको किताब हो Tumhari Aukat Kya Hai Piyush Mishra?

कलाकार Piyush Mishraको आत्मकथा ।

मलाई आत्मकथा पढ्न निकै मन पर्छ । आत्मकथा जीवन हो । जीवन पढ्दा जीवनलाई बुझ्ने दृष्टिकोण फराकिलो हुन्छ । अरूले भोगेका संघर्षसँग आफ्ना अनुभवसँग जोड्न सकिन्छ । त्यसैले नन–फिक्सन, विशेषगरी आत्मकथा, मलाई पढ्न मनपर्ने विधा हो ।
मैले यो किताब पाँच दिनमा सकेँ । सामान्यतया म आत्मकथा छिटो सकाउँछु, तर यो किताबले बेला–बेला रोकिएर सोच्न बाध्य बनायो । राति ढिलो गरि किताब सकाएपछि, आफ्ना विचारहरू तुरुन्तै बाँड्न मन लाग्यो । अनि एउटा भिडियो रेकर्ड गरे । भिडियोको लिंक तल छ ।


गत वर्ष उनको अटोबायोग्राफी तुम्हारी क्या औकात क्या है पियुष मिश्रा ? किताब प्रकाशित भएदेखिनै पढ्ने हुटहुटि थियो । विशेषतः उनको चरित्र अभिनय र संचार माध्यममा देखिने उनको अटपटा प्रस्तुती जस्तै । मिश्रा भारत एक प्रतिष्ठित कलाकार मात्र होइनन । उनि लेखक, गीतकार, गायक र रंगमञ्चका चर्चित कलाकार हुुन । म उनलाई फिल्मका अभिनयका कारण मात्रै होइन, उनका गीतहरूको कारणले पनि मन पराउँछु ।

Gangs of Wasseypur, Maqbool  र  Gulaal जस्ता फिल्मका उनका गीतहरू निकै प्रभावशाली छन् ।

अहिले उनको आफ्नै ब्याण्ड छ । युवाहरुमाझ उनको कुछ इश्क किया कुछ काम किया भन्ने कविता लोकप्रीय अनि चर्चित छ ।  

लागौं पुस्तक तिर ।

कथाको सुरुवात मध्य प्रदेशको ग्वालियरबाट हुन्छ, जहाँ पियुष मिश्राको जन्म र बाल्यकाल बित्यो ।

उनले बाल्यकाल, परिवारसँगको सम्बन्ध, डर र असमझदारीका बारेमा खुलेर व्यक्त गरेका छन् ।

परिवारसँगको सम्बन्ध विशेष गरि आफ्ना बुवासँग पियुषको सम्बन्ध सुमधुर रहेन । किन भन्ने जान्न त किताबनै पढ्नुपर्छ । उनले किताबमा यसबारे खुलेर लेखेका छन ।

सानैदेखि उनभित्र डर थियो ।

परिवारले उनलाई डाक्टर बनोस् भन्ने चाहन्थ्यो, तर उनको मन भने नाटक, लेखन र संगीतमा थियो ।

यही कारण उनले विद्यालय र कलेजदेखि नै थिएटर गर्न थाले ।

कालान्तरमा उनि नेशनल स्कूल अफ ड्रामा (NSD) पुगे । NSD भारतको सबैभन्दा प्रतिष्ठित अभिनय विद्यालय हो ।

यहिबाट ओम पुरी, नसीरुद्दीन शाह, मनोज बाजपेयी जस्ता प्रख्यात कलाकारहरु दिक्षित भएका हुन ।

NSD मा पुग्न र टिक्न उनका लागि सजिलो थिएन । आफु भित्र रहेको एक किसिमको डर र स्वभावका कारण धेरै चुनौती भोग्नु पर्यो । तर पनि थिएटरप्रति उनको लगाव कहिल्यै कम भएन । मेहनत गरे, सिके र टिके ।

NSDपछि उनले विभिन्न थिएटर समूहसँग काम गरे । कलानगरी या मायानगरी मुम्बई पुग्न र टिक्न उनको लागि त्यती सजिलो भने थिएन ।

वास्तवमा उनी दिल्लीमै थिएटर गर्दै जीवन बिताउन चाहन्थे । तर भाग्यले अर्कै मोड लियो । मुम्बईमा सुरुवाती अनुभव निकै दुखदः रह्यो । त्यसपछि उनी फेरि दिल्ली फर्कियो । यो बेलासम्म उनको मदिराको लतले पनि उचाई लिइसकेको थियो ।

पछि फेरि मुम्बईबाट फिल्मका गीत लेख्ने प्रस्ताव आयो र उनी मुम्बईमै बस्ने भए ।

फिल्म Dil Se बाट उनले अभिनय यात्रा सुरु गरे । यो फिल्ममा चर्चित बलिउड कलाकार शाहरुख खान र मनीषा कोइरालासँगै उनले स्क्रिन सेयर गरेका थिए ।

यद्यपी अनि यो फिल्ममा आफ्नै भूमिकाबाट सन्तुष्ट थिएनन ।

पछि अनुराग कश्यपसँग चिनजान भयो । कश्यपसँगको सहकार्यले उनको जीवनमा नयाँ मोड ल्यायो । जब कश्यपले Gangs Of Wasseypur फिल्म बनाए । उनलाई अभिनेता, गीतकार र संगीतकारका रूपमा नयाँ पहिचान मिल्यो ।
तर Maqbool र Gulaalको समयमा उनको मदिराको लत चरम सीमामा पुगेको थियो ।

एक रात अत्यधिक मदिरा सेवनका कारण उनको दुर्घटना भयो ।

अर्को दिन उनले आफुलाई अस्पतालको शैयामा पाए । उनको साथमा थिए एक व्यक्ति । एक पूर्व मदिरामा आसक्त व्यक्ति ।

उनलाई पियुषलाई सचेत गराउन खोजे । तर पियुषलाई उनको कुरा मन परेन । कालान्तरमा उनकै सुझावले पियुषको जीवनमा ठूलो अर्थ राख्यो ।

काम अनि मदिरा । पियुषको व्यस्तता जारीनै थियो ।

यसैक्रममा अमेरिका यात्रा गर्नुपर्ने भयो । परिवारका अन्य सदस्यहरु पहिलेनै अमेरिका पुगिसकेका थिए ।
अमेरिका उड्नु अघिदेखिनै उनले असहज महसुस गरिरहेका थिए ।
अमेरिका पुगेर जाँच गराउँदा उनलाई ब्रेन स्टोक भएको थाहा भयो । त्यो बेलासम्म उनको शरिरको दायाँ भागमा असर गरिसकेको थियो ।

डाक्टरले उनलाई अब उप्रान्त बोल्न, हिँड्न र अभिनय गर्न नसक्ने बताए ।

यद्यपी इण्डिया फर्केपछि वैकल्पिक उपचार, प्राकृतिक उपचारले महिना दिनमै उनि हिडँडुल गर्न सक्ने भए । उनले विपश्यना सुरु गरे । त्यसले उनलाई जीवनभर दबाएर राखेका डर, अपराधबोध र रिसलाई मेट्न सजिलो भयो । यसले उनलाई मानसिक रूपमा हलुका अनि मजबुत पनि बनायो ।

उनको जीवन बदलियो । शारीरिक रूपमा बलियो बने, आत्मविश्वास फर्कियो । उनले आफ्नो ब्यान्ड बनाए । भारतमा मात्रै होइन युरोपसम्म प्रस्तुति दिए । दिने क्रम जारी छ । साथै अभिनय गर्ने र सिकाउने काम पनि जारी छ ।

यो किताब पढेपछि मलाई यी कुराहरु अतिनै महत्वपूर्ण लागेको छ ।

पहिलो, कुनै पनि व्यक्तिको सफलताको पछाडि संघर्ष लुकेको हुन्छ । हामी प्रायः सफल मानिसको वर्तमान मात्रै देख्छौँ, तर त्यो स्थानसम्म पुग्न उसले भोगेका पीडा देख्दैनौँ । त्यही पीडाबाट हामीलेपनि धेरै कुरा सिक्न सक्छौं ।

दोस्रो, मदिराले जीवन बर्बाद गर्न सक्छ । अत्यधिक मदिराले स्वास्थ्य, सम्बन्ध र करियर सबै बिगार्छ । यद्यपी, तपाई आफ्नो मनोबलले मदिराको लतलाई सुर्धान सक्नुहुन्छ । सुधारको सुरुवात आत्मैबाट स्वीकारेपछि मात्रै सम्भव हुन्छ ।

तेस्रो, मनका कुरा व्यक्त गर्नु जरुरी छ । मनमा दबिएर रहेको डर र पीडाले मानसिक समस्या जन्माउँछन् । आफुलाई लागेको कुरा खुलेर व्यक्त गर्न सक्नुनै मानसिक समस्याबाट मुक्ति पाउने पहिलो पाइला हो । आफुलाई लागेको कुरा कुनै व्यक्तिसँगै गर्नुपर्छ भन्ने चाही जरुरी छैन । लेखेर पनि ब्यक्त गर्न सकिन्छ ।

चौथो र अन्तिम कुरा, आफ्नो रुचिप्रतिको इमान्दारिता । पियुष मिश्राको जीवनमा थिएटर बाहेक अरुले ठुलो अर्थ राखेनन् । यसलेनै उनलाई पियुष मिश्रा बनायो । कला क्षेत्रमा टिक्न सक्षम बनायो ।

Tumhari Aबukat Kya Hai Piyush Mishra? किताब पढ्दा मानसिक स्वास्थ्य, डर, अनि लतको बारेमा बुझ्न सजिलो बनाउँछ ।

यदि तपाईलाई पनि जीवन पढ्न मनपर्छ । जीवन पढेर सिक्न मन पर्छ भयो यो किताब तपाईको लागि एउटा मनपर्ने किताब हुन्छ ।

भनाई छ नी, “गल्तीबाट सिक्न सकिन्छ, तर गल्ती आफैले गर्नुपर्छ भन्ने जरुरी छैन ।”

यो किताबको बारेमा मेरो भिडियो हेर्न तलको युट्युब लिंकमा क्लिक गर्नुहोला । 

यो भयो किताबको कुरा, मैले फिल्मको बारेमा पनि आफुले सिकेको कुरा यो ब्लगमा लेखेको छु । पढन सक्नुहुनेछ ।

फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [A pothole] खाल्डोको कथा : उसकै जुवानी
  • KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको
  • [Fun Factors] फन इन युगाण्डा

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb