Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन

Posted on August 2, 2024August 21, 2024 by bishalpana

यो जन्मदिन पनि यस अघिका जन्मदिन भन्दा औधि फरक त होइन । यसपटक मेरो जन्मदिनमा परेका केही संजोगहरुले भने जन्मदिन फरक रह्यो ।

जन्मनु आफैमा विशेष दिन । यसलाई सेलिब्रेट गर्नु पनि विशेष नै भैहाल्यो । उमेरले दुई दशक काटुन्जेलसम्म केक काट्ने, जन्मदिन मनाउने खासै चासो रहेन । केक काट्नु आफैमा आगन्तुक संस्कृति हो भन्ने बहस त छँदैछ । तर पनि केही केही कुराबाट आफु अछुतो भने रहन नसकिने रहेछ ।

अरुको सिको भनौ वा चलेको ट्रेन्ड, चाहेर वा साथीभाईको इच्छामा जन्मदिन मनाउन सुरु गरियो ।

अघिनै भनेझै यो जन्मदिनमा केही संजोग परे । 

पहिलो, मैले पहिलो पटक आफ्नो बुवाआमा र सिंगो परिवारसँग जन्मदिन मनाउन पाए । परिवारका सबै सदस्यहरु पहिलोपटक घरबाहिर गएर संगै खानपिन गर्न पायौं । नाच्न पायौं ।

दोस्रो फोन, म्यासेज र सामाजिक संजालबाट प्राप्त गरेका प्रेमिल बर्थ डे विस ।

तेस्रो चाहि मेरो जन्मदिनमै दिन दैनिक नेपालगन्जको डिजिटल प्लाटफर्ममा प्रिमियर भएको झलक गैरेसँगको गन्थन मन्थन ।

यो गन्थन मन्थन मैले मेरो बाल्यकाल, मेरो भोगाई अनि सिकाईको बारेमा खुलारुपमा पस्कन पाएँ । यस मानेमा पनि म यो गन्थन मन्थनलाई विशेष मान्छु ।

प्राय अंग्रेजी र नेपाली क्यालेण्डरको मिति एक दिन अघि पछि हुन्थ्यो । यसले पनि मलाई चिन्ने साथिभाई शुभचिन्तकलाई शुभकामना दिन केही अल्मल्याउथ्यो । केहीले जन्मदिनको शुभकामना पोष्ट्याउनु अघि फोन म्यासेज गरेर निश्चित गर्नुहुन्थ्यो ।

यस पटक भने त्यस्तो भएन । दुबै क्यालेण्डरको मिति मिल्यो । त्यसैले पनि हिजो मेरो जन्मदिनको दिन दिनैभरि मेरो फोन, म्यासेज र सामाजिक संजालका भित्ताहरु जन्मदिनको शुभकामनाले भरिए ।

मैले यसलाई मेरो जन्मदिनको शुभकामनामात्र होइन, मेरो शिरमा हजुरहरुले राखिदिएको आर्शिवादको रुपमा लिएको छु ।

सामाजिक संजालमा सयौंको संख्यामा जन्मदिनको शुभकामना आएका छन् । भरसम्भव सबैलाई धन्यवाद दिने कोशिश गरेको छु । यस बावजुद पनि केहीलाई धन्यवाद दिन छुटेको हुनसक्छ । तसर्थ यस पोष्टलाई हजुरहरुले जन्मदिनमा दिनुभएको आषिशको ‘धन्यवाद पोष्ट’को रुपमा लिइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

Related

2 thoughts on “[Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन”

  1. jhalak gaire says:
    August 2, 2024 at 9:48 am

    great
    https://youtu.be/iPzdNHo9cUQ?feature=shared

    Loading...
    Reply
  2. jhalak gaire says:
    August 2, 2024 at 9:49 am

    great sir ! happy birthday

    https://youtu.be/iPzdNHo9cUQ?feature=shared

    Loading...
    Reply

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb
%d