Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
hike photo storyहाइक

Mt. Meru को काखमा हाइक [photo story]

Posted on January 29, 2026February 3, 2026 by bishalpana

तान्जानिया आएदेखि एउटा अवसरको खोजिमा थिए । क्यामेरा लिएर फोटो खिच्न जाने ।

जुन करिब चार वर्षपछि मिल्यो । 

हालै एक समुहसँग हाइकमा जाँदा मज्जाले फोटो खिच्न पाए । हाइकका क्रममा हिँडेको मकैबारी, माउण्ट मेरु हिमालको परिदृश्य, गाउँघरको फोटो खिच्दा बडो मज्जा आयो । 

साढे ३ घण्टामा साढे १० किलोमिटर हिँड्दा दुई सय बढि फोटो खिचे होला । आफुले खिचेका फोटो आफैलाई नराम्रो नलाग्ने कुरै भएन । धेरै पछि क्यामेर समाउन पाउँदा झनै मज्जा लाग्यो । 

हिँडेर शरिर थाके पनि मन भने बडो आनन्दित भयो । यो हाइकको बारेमा मैले मेरो युट्युब च्यानल बिशाल पाना च्यानलमा पनि भिडियो राखेको छु । तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

केही उकालो केही ओरालि बाटो हिँड्दा खुट्टा दुखे पनि हातमा भएको क्यामेराले छुट्टै उर्जा दिइरहेको थियो । 

करिब दुई घण्टाको हिँडाईपछि हामी गाउँ प्रवेश गर्यौं । गाउँको बिच चोकमा सबैजना रोकिएर खाजा खायौं । केहीबेर सुस्तायौं अनि पुनः गन्तब्यतिर लम्कियौं । 

घरबाट टाढा हुँदा, नयाँ ठाउँमा बस्दा, सामाजिक रूपमा घुलमिल हुने मौका बिरलै मिल्छ । म आफूलाई “सोसल बी” मान्छु, तर केही समयदेखि त्यो पक्ष अलि हराउँदै गएको जस्तो लाग्थ्यो । त्यसैले मैले यो वर्ष एउटा संकल्प गरेको छु, सामाजिक गतिविधिमा फेरि जोडिन्छु, क्यामेरासँगको दोस्ती फेरी ताजा बनाउँछु । 

त्यसैक्रममा म यो हाइकमा जोडिन पुगेको हुँ । हाइकमा विश्वका विभिन्न कुनाबाट आएका, फरक पृष्ठभूमि, फरक पेशा, फरक कथा बोकेका झण्डै २० जना सहभागी थियौँ । प्रायः सबैसँग गज्जबको भलाकुसारी भयो । 

एकजना सहयात्रीसँगको कुराकानी अझै स्मरणीय रह्यो । रोचक कुरा—९० को दशकमा नेपाल आएर अन्नपूर्ण ट्रेल हाइक गरेका रहेछन । परदेशमा आफ्नो देश घुमेको मान्छे भेट्न पाउँदा खुसी नलाग्ने कुरै भएन ।  

यो हाइक मेरो लागि आत्मचिन्तनको अवसर पनि बन्यो । हाइक सकिँदा म शारीरिक रूपमा थाकेको थिएँ, तर मानसिक रूपमा असाध्यै हलुका । 

यहि हाइकका क्रममा खिचेका फेटोहरुको संंग्रह यस ब्लगमा राखेको छु । 

नेपालमा हुन लागेको चुनावको सन्दर्भमा मैले लेखेको अघिल्लो ब्लग यहाँ पढ्न सक्नुहुनेछ ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [A pothole] खाल्डोको कथा : उसकै जुवानी
  • KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको
  • [Fun Factors] फन इन युगाण्डा

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb