Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
How to Get Smart with Money?

फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?

Posted on November 16, 2024November 17, 2024 by bishalpana

महिनाको ३० हजार आउने जागिर छ । तर, तलब आउनु भन्दा अगाडिनै उधारो लिनु पर्छ । 

अलिकति पैसा भयो कि आवश्यक भए पनि नभए पनि नयाँ सामान किन्न मन लाग्छ ।

फेसबुक वा इन्टाग्रामममा कुनै सामान छुट छ भन्ने देख्यो कि अर्डर गरिहाल्नुपर्छ ।

आफुसँग नगद पैसा नभएर के भो, बैंकले दिएको क्रेडिट कार्डबाट अनलाइन सामान किनिहाल्नुपर्छ ।

तपाईमध्ये कसैले यस्तो गर्नुभएको छ ? वा आफ्नो साथिभाई कसैले गरेको देख्नुभएको छ । छ भने फिल्मि ज्ञान-How to Get Smart with Money? शिर्षकको यो फिल्मि ज्ञान तपाईको लागि है ।

How to Get Smart with Money?
यसमा समावेश गरिएका फोटोहरु माइक्रोसफ्टको एआई इमेज जेनेरेटरबाट तयार पारिएको हो ।

गत साता नेटफ्लिक्समा रहेको Get Smart with Money भन्ने डकुमेन्ट्री फिल्म हेरे । यस फिल्म मा पैसा भएर वा नभएर आम्दानी, खर्च, लगानी र बचतमा सन्तुलन गर्न सके कसरी आर्थिक रुपमा सम्पन्न हुन सकिन्छ भनेर चर्चा गरिएको छ । यो डकुमेन्ट्री हेरेपछि केहि सिके जस्तो लाग्यो । त्यसैले आफुलाई लागेको कुरा बाँड्न मन लाग्यो र यो फिल्मि ज्ञानको चर्चा गर्दैछु ।

Get Smart with Money डकुमेन्ट्रीमा के छ ?

यो कोभिड पछिको अवस्थामा आर्थिक आर्जन र व्यवस्थापनमा जुझिरहेका चार जना पात्रको कथा हो । यी पात्रहरु कोही ऋणको भारमा छन्, कोही पैसा कमाउन नसकेर आर्थिक संघर्षमा छन् । कसैले ऋणको भारमा जीवन बिताइरहेका छन् भने कसैले आयको अभावबाट। 

उनिहरुको वित्तिय चुनौतिहरुलाई समाधानका लागि चार जना वित्तिय सल्लाहकारहरुले सहयोग गरेका छन् ।  वित्तीय सल्लाहकारहरूमा पैसा व्यवस्थापनको विशेषज्ञता छ ।

उनिहरुको वित्तीय सल्लाह र मार्गदर्शनले उनिहरुलाई आफ्नो वित्तिय व्यवस्थापन गर्न सहयोग गरेको छ ।

यस फिल्मले पैसा (वित्त) योजना, आम्दानी व्यवस्थापन, ऋण कटौती, बचत, र लगानीको महत्वमा जोड दिन्छ । 

साथै फिल्मबाट वित्तीय सुधारको लागि वित्तीय लक्ष्यहरूको महत्व, बजेट बनाउन, अनावश्यक खर्च घटाउन र समयानुकूल योजनाको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गर्छ।

यस फिल्म हेर्दा यसले हामीलाई व्यक्तिगत वित्त व्यवस्थापनको महत्व र प्रभावकारी योजना बनाउन पे्ररित गर्छ ।

को हुन् Get Smart with Money का वित्तिय विज्ञहरु ?

Get Smar with Money डकुमेन्ट्रीमा वित्तिय समस्या झेलिरहेका चार जनालाई उनहरुको वित्तिय यात्रा सफल बनाउन मार्गदर्शन दिने चार सल्लाहरु:

पाउला पान्ट (Paula Pant)
पाउला पान्ट Afford Anything नामक प्लेटफर्मको फाउण्डर हुन । उनले वित्तीय स्वतन्त्रता, लगानी रणनीतिहरू, र वित्तीय योजना बनाउनमा सहयोग गर्छिन । उनी खर्चलाई उद्देश्य अनुसार गर्न र लगानीमा समझदारी अपनाउन जोड दिन्छिन्।

टिफनी एलीचे (The Budgetnista)
टिफनी एलीचे, जसलाई The Budgetnista भनेर पनि चिनिन्छ । उनि एक अमेरिकाकी प्रख्यात वित्त शिक्षिका र न्यूयोर्क टाइम्स बेस्ट सेलर Get Good with Money  की लेखक हुन् ।

रश म्याक (Ro$$ Mac)
रोस म्याक, म्याकोनोमिक्सका संस्थापक र CEO हुन्। अमेरिकाको शिकागोका निवासी म्याकले मोर्गन स्ट्यानली र ग्रोस्वेनर क्यापिटलमा वाल स्ट्रिट व्यवसायीको रूपमा काम गरेका छन् । उनि अहिले वित्तीय साक्षरता शिक्षाका साथै र्यापरका रूपमा काम गर्छन ।

मिस्टर मनी मस्टाच (Mr. Money Mustache)
पिट एडनी, जसलाई Mr. Money Mustache का नामले पनि चिनिन्छ । एडनीले आर्थिक मितव्ययिता, वित्तीय स्वतन्त्रता, र अनावश्यक उपभोग घटाएर एक साधारण, आर्थिक रूपमा सुरक्षित जीवन बिताउन सकिन्छ भन्ने कुरा सिकाउँछन् ।

Get Smart with Money सिकेका पाँच कुराहरु

How to Get Smart with Money?
यसमा समावेश गरिएका फोटोहरु माइक्रोसफ्टको एआई इमेज जेनेरेटरबाट तयार पारिएको हो ।

यस डकुमेन्ट्रीबाट मैले पाँचवटा कुराहरु सिकेकोछु । यसले हाम्रा दैनिक जीवनमा पैसा कसरी कमाउने, कसरी खर्च गर्ने र कसरी बचत अनि लगानि गर्ने भन्ने कुराकोसमझदारी अपनाउन मद्दत गर्छ ।

पहिलो कुरा:  आवश्यकता अनुसार खर्च गर्न सिक्नुहोस् (Live Below Your Means)

अनावश्यक अनि बिचार नपुर्याई गरिने खर्चले अधिकांश व्यक्तिहरू आर्थिक रूपमा कमजोर बनाउँछ । आम्दानीको तुलनामा अधिक खर्च गर्ने बानीले वित्तीय समस्याहरू निम्त्याउँछ । सुरुमा भनेझै महिनाको तलब आउनु भन्दा अगाडिनै उधारो लिनुपर्ने हुन सक्छन । 

तसर्थ, हामीले आफ्नो आम्दानीभन्दा कम खर्च गर्ने बानी बनाउनु पर्छ । सहि र आवश्यक तवरमा खर्च गर्ने बानि बिकास गर्नु जरुरी छ । यसका लागि मासिक बजेट बनाउने, अनावश्यक विलासिता घटाउने, र जीवनशैलीलाई सरल बनाउन आर्थिक रूपमा प्रभावकारी उपायहरू कसरी अपनाउनुपर्छ भन्ने यो फिल्मको पहिलो सिकाई हो ।

दोस्रो कुरा: नियमित बचत गर्ने बानिलाई प्राथमिकता बनाउनुहोस (Save and Make it a Priority)

बचतलाई विकल्प होइन अनिवार्य बनाउनुपर्छ भन्ने यो फिल्मको अर्को महत्वपूर्ण सन्देश हो । खर्च गरेर बचेको बचत गर्नुको सट्टा बचत गरेर बचेको खर्च गर्नुपर्छ । तसर्थ, तपाईंको आम्दानीको एक भाग नियमित रूपमा बचत गर्नाले भइपरी आउने आपतकालीन अवस्थाहरुमा राहतको काम गर्छ । नियमित बचत गर्ने बानीले आर्थिक रुपमा सुरक्षित बनाउँछ । 

यसका साथै आफ्नो जिवनका दीर्घकालीन योजनाहरु जस्तै राम्रो घर, जग्गा, गाडि, सम्पत्ति प्राप्त गर्न सहज बनाउँछ ।

सजिलो र प्रभावकारी रुपमा पैसा बचत गर्ने २४ वटा उपायहरु

तेस्रो कुरा: विचारपूर्वक जिम्मेवार भएर लगानी गर्नुहोस् (Invest Wisely and Responsibly)

आफुसँग भएको पैसाको लगानी गर्नु आफैमा आफ्नो धनलाई बढाउने महत्वपूर्ण काम हो । तर बिना जानकारी र विचार नपुर्याई लागनी गरेमा पैसा बढाउने होइन भएको पैसा पनि गुमाउनुपर्ने हुनसक्छ ।

यो फिल्मले आफुसँग भएको पैसा लगानी गर्दा जिम्मेवार रूपमा लगानी गर्ने सुझाव दिन्छ । धेरै पैसा भएर लगानी गर्न सुरु गर्ने भन्दा पनि आफुसँग भएकै थोरै पैसाबाट लगानी सुरु गर्न सकिन्छ । लगानीका लागि थुप्रै विकल्पहरु हुन सक्छन । 

चाहे त्यो सेयर बजार होस् वा अन्य लगानीका विकल्पहरु, लगानी गर्दा ति विकल्पहरूको जोखिम बुझ्न समय दिनु बुद्धिमानी हुन्छ । यसरी विवेकी तरिकाले लगानी गर्न सकिएमा सुरक्षित र दिगोरुपमा आफुले गरेको लगानीको फाइदा लिन सकिन्छ ।

How to Get Smart with Money?
यसमा समावेश गरिएका फोटोहरु माइक्रोसफ्टको एआई इमेज जेनेरेटरबाट तयार पारिएको हो ।

चौथो कुरा: ऋणको कुशल व्यवस्थापन बुद्धिमानी (Manage Your Debt Effectively)

ऋण लिनु आफैमा नराम्रो पक्कै होइन । आफुसँग पुँजी नभएको अवस्थामा ऋण लिन सकिन्छ । बैंकबाट लिएको ऋण होस् वा साथि भाईबाट या क्रेडिट कार्डको बिल, त्यसलाई चुकाउनुपर्ने जिम्मेवारी हुन्छ । तर ऋणको कुशल व्यवस्थापन गर्न नककेका कारण कैर्यौ जीवन बर्वाद भएको हामीले पनि देखेका छौं । 

यस फिल्मले पनि ऋणको चापले जीवनको प्रत्येक पक्षमा कस्तो असर गर्छ भन्ने देखाएको ।

वित्तीय स्वतन्त्रता Financial Freedom प्राप्त गर्नका लागि उच्च ब्याज दर भएको ऋणलाई प्राथमिकतामा राखेर तिर्नु हो । ऋणलाई कुशलतापूर्वक व्यवस्थापन गर्नका कर्जा पुर्नसंरचना ब्याज कटौती योजनामा ध्यान दिन सल्लाह दिन्छन ।
ऋण कसरी चुक्ता गर्ने भन्ने जानकारी यो भिडियोमा पनि समावेश गरिएको छ ।

पाँचौ कुरा: स्पष्ट वित्तीय लक्ष्य राख्नुहोस् (Set Clear Financial Goals)

‘उद्देश्य के लिनु, उडि छुनु चन्द्र एक’, भनेझै वित्तिय सफलताका लागि स्पष्ट लक्ष्य कसरी निर्धारण गर्ने भन्ने कुरा यस फिल्मबाट सिक्न सकिन्छ ।

हामीले आफ्नो बित्तिय लक्ष्य निर्धारण गरेर मात्र हुँदैन त्यसको प्रगति नियमित रुपमा मापन गर्नु जरुरी हुन्छ । तपाईको वित्तिय लक्ष्य एकैपटकमा वा आजको भोली प्राप्त हुँदैनन् । 

त्यसका लागि आफुले प्राप्त गर्न चाहेको बित्तिय लक्ष्यलाई स–साना कदमहरूमा बाँड्नाले आर्थिक लक्ष्यहरू प्राप्त गर्न सजिलो हुन्छ । उदाहरणका लागि, हाम्रो बित्तिय लक्ष्य महिनामा कति बचत गर्ने, कहिलेसम्म ऋण तिर्ने, र भविष्यको लागि सुरक्षित कोष तयार गर्ने हुनसक्छन् । यसरी लक्ष्य निर्धारण गर्नाले हामीलाई दिर्घकालिन रुपमा आर्थिक रुपमा बलियो बनाउन मद्दत गर्छ ।

यी त भए यस फिल्मबाट सिक्न सकिने कुराहरु । यसका अलावा यस फिल्ममा देखाएको वित्तीय सल्लाहहरु:

  • वित्तीय सफलताको लागि मानसिकता परिवर्तन गर्नु जरुरी छ । चाहे त्यो आम्दानी, खर्च, बचत होस या लगानी । यो केवल बाह्य साधनहरूमै निर्भर हुने कुरा होइन, आफ्नो सोच र योजनामा परिवर्तनबाट मात्र यी कुरामा सन्तुलन गर्न सकिन्छ । वित्तीय मानसिकतामा सुधार गर्नले खर्च कटौती र योजनाबद्ध व्यवस्थापनमा मद्दत पुग्छ ।
  • नियमित रुपमा बजेट बनाउने र त्यसको निगरानी गर्नाले खर्चलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । नियमित बजेट बनाउने र खर्चको निगरानी गर्ने बानीले वित्तीय लक्ष्यहरू प्राप्त गर्न सहज बनाउँछ । मासिक बजेटको आधारमा फजुल खर्च कम गर्न र बचत बढाउन सजिलो हुन्छ।
  • तडकभडकपूर्ण भन्दा सरल जीवनशैली बनाउनले हामीलाई बित्तिय रुपमा सबल बनाउँछ । हामीले गर्ने धेरैजसो खर्च हाम्रो अनावश्यक आवश्यकता र विलासितामा गएको हुनसक्छ । सस्तो र आवश्यक खर्चमा मात्र केन्द्रित भएर जीवनशैलीलाई बदल्नाले बचत र लगानीको क्षमतामा वृद्धि हुन्छ ।
  • अधिकांश मानिसहरू आज के छ त्यसमा रमाउन चाहन्छौं । भविष्यका लागि सोच्दैनौ । हामिले आफ्नो दिर्घकालिन वित्तिय लक्ष्य प्राप्त गर्नको लागि भविष्यको लागि योजना बनाउनु अनिवार्य हुन्छ। तपाईंको लक्ष्य, बचत, लगानी, र सम्भावित जोखिमहरूको सूची बनाइराख्नाले वित्तीय भविष्यमा मद्दत मिल्छ ।

फिल्मले वित्तीय शिक्षा किन जरुरी छ भन्ने कुरालाई प्राथमिकताका साथ उठाएको छ । वित्तिय साक्षरताले व्यक्ति मात्र नभएको आफ्नो समाजलाई पनि आर्थिक रूपमा सशक्त बनाउँछ ।

तसर्थ, राम्रो कुरा सिक्न ढिला हुँदैन । चाहे त्यो सामाजिक संजालबाट होस्, या फिल्मबाट । पत्रपत्रिका पढेर होस या पडकाष्ट हेरेर, सुनेर ।

अहिले हामी सूचना र जानकारीको पहुँचमा छौं । हामी सबै आर्थिक रुपमा बलियो हुन चाहन्छौं । राम्रो घर, सवारी साधन चाहन्छौं । छोराछोरीको राम्रो भविष्य चाहन्छौं ।

यी सबैका लागि वित्तिय साक्षरता हुनु जरुरी छ । कसरी कमाउने मात्र होइन कमाएको पैसालाई कसरी खर्च गर्ने, कसरी बचत गर्ने र कसरी लगानी गर्ने जान्नु अति जरुरी छ ।

आशा छ आजको यो फिल्मि ज्ञान How to Get smart with Money? ले तपाईलाई पनि आफ्नो वित्तीय व्यवस्थापनको लागि सही मार्गदर्शन अपनाउन र समझदारीपूर्वक निर्णय लिन मद्दत गर्नेछ भन्ने अपेक्षा छ ।

यस ब्लगमा राखिएका वित्तिय साक्षरता सम्बन्धि भिडियोहरु जानकारीका लागि राखिएका हुन । यसले लेखकको बिचारलाई प्रतिनिधित्व गर्छ भन्ने जरुरी छैन ।

मेरो पडकाष्टहरु पनि हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

नेपालगन्जका अगुवा फोटोग्राफर देविप्रसाद रस्तोगीसंग नेपालगन्जको फोटोग्राफी इतिहासको बारेमा गरिएको पडकाष्ट
अग्रज पत्रकार झलक गैरेले मसँग गर्नुभएको गन्थन मन्थन
लागु औषध मुक्त समाज निर्माण गर्ने अभियानमा सक्रिय युवा प्रविण विसीसँग गरिएको पडकाष्ट

प्लाष्टिक सर्जन तथा सामाजिक अभियन्ता डा. विनोद कर्णसँगको पडकाष्ट

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb