घटना १ः मह काँढ्न जाँदा
दश एघार वर्षको हुँदो हुँ । एक साँझ गाउँले दाईहरु हाम्रो घरमा जम्मा भए । मह काढ्न जाने सल्लाह भयो । उमेरले सानो भएपनि दाईहरुले माया गरेर मलाई जता जाँदा नि सँगै लिएर जान्थे । साँझको खाना खाएपछि मह काढ्न जाने निधो भयो । म पनि मह काढ्न जान पाउने भएकाले खुशी भइरहेको थिए ।
बेलुका ८ बजेतिर दाईहरु पुनः हाम्रो घरमा जम्मा भए । हाम्रो बारीको करिब तीन सय मिटर पर सिमलको ठुलो रुख थियो । त्यो रुखका दुईवटा ठुला हाँगाहरु फैलिएका थिए । प्रायः गिद्ध बस्ने र गुँड बनाउने गथ्र्यो । बडेमानको सिमलको रुख उसै पनि अग्लो, हत्तपत्त कसैले चढ्ने आँट गर्दैनथे । अझ त्यसमाथि रात परेपछि सिमलको रुख वरपर भुत नाच्छ भन्ने आमविश्वास त छदैथियो । त्यसैले पनि हत्तपत्त कोही त्यो ठुलो सिमलको रुखतिर जाँदैनथे ।
तर, हरेक वर्ष माहुरीले त्यही सिमलका रुपमा घार हाल्थ्यो । अनि त महको लोभले पनि सिमलको रुख चढ्न दाईहरु तयार भैहाल्थे ।
त्यो साँझ पनि मह काढ्नका लागि मुगा तयार गरियो । यो एउटा आगोको मुसल जस्तो हो । मुगा हरियो स्याउला, परालको प्रयोग गरि बनाइन्छ । माहुरीलाई घारबाट भगाउनका लागि धुँवा बनाउनका लागि यो नभई नहुने हतियार हो ।
त्यसबेला हाम्रो गाउँमा बिजुली बत्ति पनि थिएन । साइकलको टायरको टुक्रा बालेर हामी सिमलको रुख तल पुग्यौं । एक जना सिपालु दाई मुगा र सलाई बोकेर रुख चढे । तल भएकाले टर्च बालेर रुख चढेकालाई माहुरीको घार देखाउन थाले । म भने माहुरीको चाका र र मह बटुल्ने भाडो रुँगेर सिमलको रुख मुनि बसे ।
रुख चढेका दाईले मुगा सल्काए । सिमलको रुख धँुवाले रुमलियो । मौरिहरु उड्न थाले । मह सहितका दुईवटा ठुला चाका तल झारियो । मह काढ्ने काम सम्पन्न भएपछि हामी सबै फटाफट घरतिर लम्कियौं । यो माहुरीको टोकाईबाट बच्ने एउटा उपाय पनि थियो ।
घरको पिँढीमा बसेर मह अनि मह अनि महको चाकाको भाग लगाउन थालियो । मलाई मह चाख्न हतार भैसकेको थियो । मैले कुट सहितको चाकाको एक टुक्रा मुखमा हालिहाले, मह काढ्नेले हात चाट्छ भनेझै । मुख रसिलो अनि गुलियो भयो । निल्ने बेलामा केही असजिलो भने लागेको थियो ।
एकछिन पनि जिब्रोको तल्लो भाग दुख्न थाल्यो । एकछिन एकछिन गर्दागर्दै मह बाडिसक्नेबेलासम्ममा मेरो जिब्रो सुनिएर श्वास फेर्ने गाह्रो हुन थाल्यो । सायद जिब्रो सुन्निदा श्वासनली बन्द हुन लागेकोले होला ।
मह काट्न गएका दाईहरु अनि बुवा आमानि आत्तिन थाल्नुभयो । मलाई झन असहज हुँदै गयो ।
कोहलपुरमा अहिलेको जस्तो नजिक अस्पताल पनि थिएन । कर्ण डाक्टर, थापा मेडिकललगायत केही मेडिकलमात्र थियो । न त सवारी साधन नै थियो । गाउँमा रात विरात कोही बिरामी भयो भने या त साइकल या त ट्रयाक्टरमा लैजानु पथ्र्यो ।
मलाई गाह्रो हुँदै गएपछि छिमेकी ड्राइभर पुसईलाई बोलाउने कुरा भयो । ड्राइभर पुसई हाम्रो गाउँ एकमात्र यस्ता व्यक्ति थिए जसले टयाक्टर चलाउँथे । ट्याक्टर भएका कारणले उनले अस्पताल लैजान सहयोग गर्न सक्थे ।
मलाई गाह्रो भएको देखेर बुवाआमा पनि आत्तिनु भयो । के के घरेलु औषधीहरु गरिए । करिब एक डेढ घण्टा पछि मेरो जिब्रो सुन्निन कम हुँदै गयो । श्वास फेर्न हल्का हुँदै गयो । अस्पताल लैजानु परेन ।
भएको के रहेछ भने, हतारमा मह सहितको माहुरीको चाका खाँदा माहुरीले मेरो जिब्रोको भित्रि भागमा टोकिदिएको रहेछ । माहुरी खाने चक्करमा ध्यान नदिँदा केहीबेर गाह्रो भयो । बुवाआमापनि निकै आत्तिनु भयो । धन्न अस्पतालनै पुर्याउनु परेन । त्यसपछि भने म मह काढ्न गईन ।
त्यसपछि त हुरुरु एक हुल माहुरीले मलाई घेरीहाल्यो । हत्त न पत्त उठे । माहुरीले मनपरि टोक्न सुरु गरिसकेको थियो । म रन्थिनिन थाले । के गर्ने कसो गर्ने सोच्नै सकेको थिएन ।
मलाई मौरीले चिलेको दोस्रो घटना पढ्नका लागि यहाँ क्लिक गर्नुहोला ।
1 thought on “माहुरीले चिलेका दुई घटना [Memory Part-1]”