Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Gender and Sexual Minorities in Nepal

कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal

Posted on October 20, 2024October 20, 2024 by bishalpana

 

‘उ छ नम्बर गयो ।’, यस्तो भनेको सुन्दा कसलाई पो चित्त नदुख्ला ? त्यसमाथि हिजडा, छक्काजस्ता शब्द त उनले कैयौं पटक सुनिन् । अहिले भने उनले हेयभावले सम्बोधन गरिने यस्ता सबै शब्दहरुलाई पचाइसकेकिछिन र बनेकि छिन् यौनिक तथा लैंगिक अल्पसंख्यक (Gender and Sexual Minorities in Nepal) अधिकारकर्मी ‘परिना’ ।

आजको ब्लगमा म पश्चिम नेपालमा रहेर यौनिक तथा लैंगिक अल्पसख्ंकहरुको अधिकारका लागिसंघर्षरत परिना चौधरीको चर्चा गर्दैछु ।

उसो त परिनालाई चिनेको दशक बढि भइसकेको छ । मैले उनलाई चिन्दा उनि त्यतिसाह्रो खुलेर आइसकेकि थिइनन् ।

अहिले पनि उनी नेपालगन्जमा पश्चिम तारा नेपालको संस्थामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सयौंको अभिभावक बनेकि छिन् ।

बर्दियाको राजापुर टापुमा एउटा थारु परिवारमा छोराको रुपमा उनको जन्म भएको थियो । तर होस सम्हालेदेखिनै उनले आफुले आफैलाई फरक महसुस गर्न थालेकि थिइन । आफुले आफ्नो पहिचान खोज्न थालेकि थिइन ।

एसएलसी सकेर नेपालगन्ज बढ्न आएपछि भने उनको पहिचानको खोजाई फराकिलो भयो ।

सन् २००१ मा यौनिक तथा लैंगिक अल्पसंख्यको संस्था ब्लु डाइमण्ड सोसाइटी बनेको सामाचार छापिए पछि उनको खुसीको सीमाना रहेन ।

‘मैले त्यो समाचार छापिएको पत्रिका काटेर राखे किनकि, मेरो आफ्नो समुदायको संस्था खुलेको थियो ।’ परिनाले सम्झिइन् ।

परिना सन् २००८ मा नेपालगन्जमा संचालन भएको तीन महिने आधारभूत पत्रकारिता तालिममा सहभागी भएकि थिइन । तालिम पछि उनलाई अब पनि आफ्नो पहिचान गुम्स्याएर राख्नु हुँदैन भन्ने लाग्यो ।

त्यसपछि उनले आफुलाई खुलेरै तेस्रो लिंगि समुदायको नेतृत्वकर्ताको रुपमा चिनाइन् ।

पहिचान खुलाएपछि उनलाई पक्कै पनि सहज भने भएन । मैले आफ्नो पहिचान खुलाएपछि परिवार भन्दा नातेदारलाई बढि समस्या भयो ।

‘उनिहरुले मेरा बुवाआमालाई मेरो बिहे गराइदिनसमेत दबाव दिएका थिए ।’ परिनाले भनिन्, ‘मैले आमालाई मेरो विवाह गराइदिए मेरो अनि केटी दुबैको जीवन बर्बाद हुन्छ भनेपछि उहाँहरुले मलाई विवाह गर्न दबाव दिनुभएन ।’

परिनाको जीवन संघर्षका यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा थप जानकारीका लागि यो पडकाष्ट उपयोगी हुनेछ । पडकाष्ट हेर्न, बुझ्न र सुझाव सल्लाह दिनुहुनका लागि विनम्र अनुरोध गर्दछु ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला ।

मेरो यस अघिका पडकाष्टहरु तलका लिंकहरुमा छन् ।

नेपालगन्जका अगुवा फोटोग्राफर देविप्रसाद रस्तोगीसंग नेपालगन्जको फोटोग्राफी इतिहासको बारेमा गरिएको पडकाष्ट
अग्रज पत्रकार झलक गैरेले मसँग गर्नुभएको गन्थन मन्थन
लागु औषध मुक्त समाज निर्माण गर्ने अभियानमा सक्रिय युवा प्रविण विसीसँग गरिएको पडकाष्ट

प्लाष्टिक सर्जन तथा सामाजिक अभियन्ता डा. विनोद कर्णसँगको पडकाष्ट

 

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb