एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर कारवाही पनि गर्दै थिए ।…