दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए…