तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो (Bageshwori Temple Viral Photo) पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला ।बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? लागेको छ भने यो ब्लग पुरा पढ्नुहोला है…
Category: nepalgunj
The Unsung Hero of Nepalgunj’s Photograph- तस्बिरका कुरा
कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने,…
[Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’
दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए…
[A pothole] खाल्डोको कथा : उसकै जुवानी
म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो । नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक अगाडिको खाल्डो । मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र…
Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?
Tea Culture in Nepalgunj विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् । दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट गर्ने, देशको राजनीति…
[Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको
एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर कारवाही पनि गर्दै थिए ।…