डेनमार्क पुगेको दोस्रो दिन, राजधानी कोपनहेगनका केही महत्वपूर्ण ठाउँहरु घुम्ने मौका मिल्यो । करिब १० किलोमिटर जस्तो पैदल सयर गरेपछि ज्यान थकित त हुनेनै भयो । अब होटल फर्कौ भनेर गुगल म्याप हेरेको, होटल पुग्न झण्डै ४ किलोमिटर अरु हिँड्नुपर्ने रहेछ । जोर्डनका सहकर्मी साथिले बरु सबैको लागि म बाइक भाडामा लिन्छु, हिँड्न चाहि सक्दिन…