Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

The Unsung Hero of Nepalgunj’s Photograph- तस्बिरका कुरा

Posted on January 27, 2024September 4, 2024 by bishalpana

कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । 

फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । 

फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने, कस्तो पोजमा फोटो खिच्ने, घर अगाडि खिच्ने कि खेतबारीमा खिच्ने योजना बन्न थाल्थ्यो ।

फोटो खिच्न आउने मान्छे फोटो खिचेर जान्थे । हप्ता दश दिन कहिले काही त महिनादिन पछि फोटो धुलाएर नेगेटिभसहित आउथे । त्यो दिन गाउँमा एक खालको तमासनै हुन्थ्यो । कस्को फोटो राम्रो आयो । कसको फोटो धमिलो आयो । कसको फोटोमा घाम पर्यो । कसको फोटोमा टाउको खुट्टा कट्यो । अनि कसको आँखा बन्द गरेको फोटो आयो । बडो चर्चाको विषय हुन्थ्यो ।

कतिका फोटो लेमिनेशन भएर घरका भित्तामा टंगिन्थे । कति एल्बममा सजिन्थे । त्यो बेला हरेक घरमा पाहुना आउँदा चिया वा पानीसँगै घरमा भएको फोटोका एल्बम अनिवार्य रुपमा पस्किइन्थ्यो ।

बेला फेरियो ।

अहिले फोटोहरु फेसबुक र इन्स्टाग्राममा संग्रहित हुन थालेका छन् । फोटो खिचेर हेर्नका लागि हप्ता दिन कुर्नुपर्ने जमानाबाट मोबाइलमै फोटो खिचेर तुरुन्त हेर्न र डिलिट गर्न सकिने भएको छ ।

गाउँमा डुलेर फोटो खिच्ने जाने चलन त मोबाइल र डिजिटल क्यामेराको विकाससँगै हराइसक्यो । साथमा गाउँगाउँ डुलेर जीवनका असिम क्षणहरुलाई क्यामेरामा कैद गरी फिर्ता गर्ने फोटोग्राफरलाई हामीले बिर्सिसकेका छौं ।

त्यसैले आजको यो पडकास्टमा नेपालगन्जमा फोटोग्राफीलाई पेशाको रुपमा सुरुवात गर्ने व्यक्तित्वसँग कुराकानी गरेको छु । फोटोग्राफीमा रुची राख्ने भएकाले मलाई सधैं लाग्थ्यो नेपालगन्जमा फोटोग्राफीको सुरुवात गर्ने को होला, त्यो मान्छेले के कस्ता अवसर र समस्या भोग्यो होला । कसरी फोटोग्राफीलाई पेशा बनायो होला । कस्ता कस्ता क्यामेराहरु चलायो होला । इतिहासका कालखण्डमा भएका के कस्ता घटनाहरुलाई क्यामेरामा कैद गर्यो होला?

मेरा यी र यिनै खुल्दुली मेटनका लागि मैले नेपालगन्जका अग्रज फोटोग्राफर देवीप्रसाद रस्तोगीलाई भेटने मौका पाए । बाँकी उहाँसँग गरेको रोचक कुराकानी यो पडकाष्टमा सुन्न सक्नुहुनेछ ।

यो भेटलाई पडकाष्टमा परिणत गर्न तिलक गाहामगर र सुवर्ण क्षेत्रीले गरेको सहयोग अतुलनिय छ ।

 

 
 

Related

2 thoughts on “The Unsung Hero of Nepalgunj’s Photograph- तस्बिरका कुरा”

  1. Mohammad Nihal Akhtar says:
    August 23, 2024 at 3:06 pm

    Maile aafno dady haru mama haru sab lai share gare..world photography day ko din uha sanga bhete paxj feri maile ek ek video here .. ma ma xuttai umang aayo .malai podcast herda lagyo ma uha kai dunya ma pugisake xu. Tyo past dekhi ko sampurna kahani ma sakxat pugera herdainxu jasto anubhav gare

    Loading...
    Reply
  2. Mohammad Nihal Akhtar says:
    August 23, 2024 at 3:13 pm

    Malai xahi euta kura xahi feedback din ni man lagew uha ko khicheko sampurn tasbir lai podcast kai bich bichma dekhauna pako bhae ajhai khusi lagthyo ❤️❤️and ma asa garxu @Bishal Ranamagar dai sanga ki nepalgunj ma yasta thuprai talented manche haru jo aile umar naghi sakexan uha haru lai khojdai photography anya pesa ma sanglan bhako manche ko ni yastai podcast liyera uha haru lai amar gardinu parew aune pusta lai nepalgunj ko chinaro ko rup ma yo rahanxa

    Loading...
    Reply

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb
%d