Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

मेरो बारेमा (About Me)

म नेपाली । म आफुलाई मनमा लागेका कुरा लेख्न मन पराउँछु । म यात्रा गर्न, फोटो खिच्न अaनि कुरा सुन्न रुचाउँछु । त्यसैले करिब दश वर्ष अगाडिदेखि मैले ब्लग लेख्न सुरु गरेको थिए । मेरा ब्लगमा प्राय मैले यात्रा गर्दा गरेका अनुभवहरु छन । यसका साथै मैले आफै अनुभव गरेका कुराहरु पनि म लेख्न रुचाउँछु ।

म पनि यसै समाजको एउटा सदस्य हुँ । त्यसैले समाजमा भएका कुराहरुलाई म गहिरोसँग नियाल्छु । त्यसबाट मलाई केही नयाँ कुरा सिक्न मद्दत मिल्छ । समाजमा भएका घटनाबारेमा मलाई आफ्नो धारण पनि राख्न मन लाग्छ ।

मैले बाल पत्रकारको रुपमा लेख्न सुरु गरेको थिए । केही समय मुलधारको पत्रिकामा आवद्ध पनि भए । पत्रकारिता अनि फोटोपत्रकारिताको अनुभव पनि संगाले । मैले पत्रकारिता गर्दा जहिलेपनि नसुनिएकाहरुको आवाज बन्ने कोशिश गरे । 

त्यसैले म भन्न सक्छु मैले इमान्दार भएर पत्रकारिता गरे ।

पत्रकारिताका अलावा मेरो जिवनको महत्वपूर्ण भाग सामाजिक क्षेत्र हो । बालक्लवको सदस्यको रुपमा मैले सामाजिक क्षेत्रमा प्रवेश गरेको थिए । युवाहरुको अधिकार, सूचनाको हक, मानवअधिकार संरक्षण र प्रर्वद्धनको क्षेत्रमा मैले एउटा इँटा मात्र भनेनी थप्न सके भन्ने लागेको छ ।

नेपालको एउटा ग्रामिण भेगमा जन्मिए । ग्रामिण विकासमा सरकारी विश्वविद्यालयबाटै स्नाकोत्तर गरे । नेपालमा भएका विभिन्न संघसंस्थासँग अफ्रिकामा पनि आएर आफ्नो क्षमता प्रर्दशन गर्न र सिक्न सकेको छु ।

एउटा नेपालीको रुपमा मलाई यहि कुरामा गर्व लाग्छ ।

म बिशाल रानामगर । म एक नेपाली । धन्यवाद ।

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [ Cultural Shock!] म पापी !
  • [Child Journalist] मेरो पत्रकारिताको न्वारन
  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb