Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Nepali Community in Uganda] युगाण्डामा तीज मिलन

Posted on September 12, 2013June 8, 2024 by bishalpana
अफ
राष्ट युगाण्डामा रहेका नेपालीहरुले हरितालिका तिज विविध कार्यक्रम गरी मनाएका छन् । गैर आवाशिय नेपाली संघ युगाण्डाको आयोजनामा १० सेप्टेम्बर -भदौ २५ गते ऋषि पञ्चमी)मा युगाण्डाको राजधानी कम्पालामा हरितालिका तिज साँझको आयोजना गरी मनाइएको हो । हरेक वर्षmै संघले आयोजना गरेको तिज मिलन कार्यक्रममा युगाण्डामा सरकारी, गैरसरकारी, संयुक्त राष्ट संघ, नीति तथा पर्यटन क्षेत्रमा कार्यरत ५५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गैर आवासिय नेपाली संघ युगाण्डाका अध्यक्ष जिबन पंगेनीले संघलाई कानुनी रुपमा अगाडि बढाउनको लागि पहल जारी रहेको बताए । अध्यक्ष पंगेनीले कार्यक्रममा संघका कार्यसमिति सदस्यहरुलाई परिचयसमेत गराएका थिए । जसमा इश्वरी बश्याल, मन्जुल पाठक, विनोद खरेल, राज गिरी, भानु भण्डारी रहेका छन् । यसैगरी युगाण्डामा रहेका नेपालीहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने संयुक्त राष्टसंघमा कार्यरत अमित अर्याल, संघलाई औपचारिकता प्रदान गर्नका लागि पहल गरिरहनुभएका ओमप्रकाश उपाध्यायलगायतलाई समेत धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम प्रमुख रमेश कंडेल र तेजेन्द्र विवशले गीत तथा नृत्यको माध्यमबाट कार्यक्रमलाई सफल पार्न सहयोग गरेका थिए । बिशाल रानामगरले सञ्चालन गरेको कार्यक्रममा करिब ४ घण्टा तीज गीत गाउनुका साथै नाचगान गरिएको थियो ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • [A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना
  • [Violence aginst Women] महिला हिंसाका उस्तै रुप
  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb