Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Gas Marathon] ग्यास म्याराथन

Posted on August 11, 2013June 16, 2024 by bishalpana

यो साता अलि व्यस्त अनि दौडधुपमा बित्यो । यहाँ आएको तिन हप्ता भन्दा बढि होटलमा बस्नु परेपछि मेरो लाइन म्यानेजरले जति सक्दो छिटो आफ्नो फल्याटमा र्सर्नु भनेर खबर पठाए । अफिसको बाटो माथि म बस्ने तय भएपनि म बस्ने घरको केही काम बाँकि थियो । घरबेटीलाई पटक पटकको अनुरोध पछि म र्सर्ने भनेको दर्ुइ साता पछिमात्र घरको काम सकिएको थियो । यहाँ आएपछि यहाँका मान्छेको काम गर्ने शैलीले केही हतास पनि बनाएको छ । आज हुन्छ सर भनेको काम कम्तीमा पनि तिन दिन लाग्छ । यस्तै मेरो घरबेटीको पनि शैलि थियो । तर तीन दिन लगातार पछि लागेपछि बल्ल घरमा र्सर्ने तय भयो ।

घरमा त र्सर्ने तर नेपाल जस्तो चट्ट टेबल, कर्ुर्सर्ीीखाट कहाँ पाउनु । “मेरो काम खाली घर दिने हो”, घरबेटीले अलि रुखो स्वरमा भनिन्, “बाँकि सामान तपाई आफैले किन्नु पर्छ ।” अब भयो फसाद् । हृवांग परेको घर छ । बोल्यो भने आवाज आफैतिर फर्किएर आउँछ । घर भित्र केही सामान भए पो ध्वनी परावर्तन पनि नहोस् । घर त र्सर्ने भइयो तर यहाँ आएदेखिनै घरको जस्तो खाना पाइएको छैन । आफ्नै फल्याटमा सरेपछि त आफै बनाएर खाने सोच भएकोले मैले केही कर्ुर्सर्ीीकिचन टेबल बनाउन दिएको छु । -५ दिन भयो पाइसकेको छैनर्)अर्डर गरे तर खाना पकाउन त ग्यास चाहियो । अर्को सबैभन्दा टाउको दुखाईको विषय भनेको ग्यास खरिद गर्नु । युगाण्डामा विशेष गरी टोटल र सेल ब्राण्डका ग्यास पाइन्छ । नेपालमा जस्तो गाउँ गाउँमा पनि ग्यासका डिपो । एक पटक फोन गर्यो भने घरमै ल्याइदिने यहाँको चलन रैनछ । ग्यासको बिक्रि पनि पेट्रोल पम्पमा मात्र हुने तर ग्यास खरिद गर्न पाउनु चाही महाभारतको युद्ध जिते जस्तो रैछ । जसको बारेमा म यो लेखमा केही रोचक प्रसंगहरु राख्न गइरहेको छु ।

मेरो कार्यक्षेत्र क्याप्चोरवा एउटा सामान्य बजार हो । करिब करिब हाम्रो कोहलपुर जत्रै । यहाँ मैले ग्यासको खोजी नगरेको होइन तर सबैको एउटै जवाफ थियो, “यहाँ त छैन बाले जानु पर्छ ।” म कार्यरत अफिसका मान्छेहरुलाई पनि भने तर उनिहरुको जवाफ पनि यस्तै थियो । केही शिप नलागेपछि मैले ग्यास खरिद गर्नकै लागि भएपनि म बसेको ठाउँबाट करिब ७० किलोमिटरको दुरीमा रहेको बाले जाने निधो गरे । जसमा मलाई साथ दिए यहाँ सुपर मार्केट सञ्चालन गर्ने पटाभी भाईले । भारत आन्ध्रप्रदेशका पटाभी भाइको आफ्नो गाडी भएकाले पनि मैले उनिसँग बाले जाने निधो गरेको थिए ।

“पटाभी भाइ ग्यास त पाइएला नि”, बाटोमा मैले पटाभी भाईलाई सोधे । “बिशाल भाई तपाईको भाग्य बलियो रैछ भने पाइएला ।”, लौ जवाफ त झनै टिठ लाग्दो पो आयो । “किन र -” मेरो प्रश्नमा पटाभी भाइले भने, “युगाण्डामा ग्यास पाउन सजिलो छैन ।” हुन पनि यहाँ ग्यासको लागि निकै मसक्कत गर्नु पर्दो रहेछ । ग्यासको वितरण सहज छैन । त्यही भएरपनि यहाँका मान्छेहरु रुख काटेर त्यसलाई जलाए कोइला बनाएर त्यसैमा खाना बनाउँछन् । जसलाई स्थानीय भाषामा “चाको” भनिन्छ ।

बाले जाँदा बाटो भरी भएका पेट्रोल पम्पमा हामीले ग्यासको सोधिखोजी गर्यौ । केही ठाउँमा ग्यासका सिलिण्डरलाई फलामे सिक्रिले बाँधेर राखेको पनि देखियो । तर सबैको एउटै जवाफ थियो “छैन” । हतास र निरास हुँदै हामी बाले पुग्यो । बालेमा करिब १० भन्दा बढि पेटोल पम्प छन् । प्रत्येकमा पुग्दै सोध्यौं तर सबैको जवाफ सकारात्मक थिएन । पटाभी भाइले भने “होइन एउटा कालेलाई मैले चिनेको छु । अन्तिम पटक कोशिस गरौं न त -”

मैले नकार्ने कुरै थिएन । बाले नेपालगन्ज भन्दा पनि ठुलो छ । शहरबाट केही बाहिरि भागमा पर्ने एउटा पेट्रोल पम्पमा गएर पटाभी भाइले तपाई गाडीमै बस्नुस् म कुरा गर्छर्ुुने । यहाँ गोरो छालाको मान्छे देखेपनि भाउ दोब्बर बनाउने रैछन् । त्यसैले पनी पटाभी भाइले मलाई कारमै बस्नु भनेका होलान् । पटाभी भाई बालेमै ६ वर्षव्यापार गरेको भएर पनि उनलाई गाह्रो रहेछन् । करिब २० मिनेटको पखाईपछि पटाभी भाइले मलाई बोलाए । पेट्रोल पम्पको कुनामा एउटा खाइलाग्दो कालो वर्ण्र्ााे मान्छे उभिएको थियो । पटाभी भाइले गाडीबाट त्यहाँ पुग्दा सम्ममै मलाई एउटा सरकारी कार्यालयमा काम गर्छर्ुुनेर चिनाएको छु तपाईले पनि त्यही भन्नु भनेर सिकाए । यहाँ सरकारी कार्यालय, सरकारी मान्छे भनेपनि अलिक नरम हुँदा रैछन् ।

स्थानीय चलन अनुसारनै हेलो हाइ गरेपछि पटाभी भाइले त्यो मान्छेलाई ग्यास चाहिएको मान्छे यहि हो भनेर चिनाए । “ग्यास बिक्रि त हुँदैन सर तर तपाईको लागि एउटा मात्र भएपनि ल्याउन सकिन्छ तर बेलुका ६ बजेपछिमात्रै”, दिउँसो करिब २ बजेतिर पुगेका हामीलाई उनले भने । “हुन्छ बरु हामी बेलकानै आउँछौं ।” मैले हुँदै भने, “तर मैले कति पैसा तिर्नुपर्छ -“, एकछिन अनकनाएर कालो वर्ण्र्ाा ति मान्छेले भने, “अहिले ग्यास नपाइएकोले भाउ त महंगो छ ।” “कति छ त -” “३ लाख सिलिंग -करिब ११ हजार १ सय ११ रुपैया) ।” मोबाइलमा भएको क्याल्कुलेटरमा हिसाब गरी हेरें। एक पटक भननननन रिंगाटा लागे जस्तो भयो । “त्यो पनि खाली हो ग्यास आफै भर्नुपर्छ ।” उसले भन्यो । अब भने मैले दिउँसै तारा देखि सकेको थिए ।

“नेपालमा ११ हजारमा त भरिभराउ ग्यास, ग्यास चुलो, रेगुलेटर, पाइप सबै आउँछ यार ।” मनमनै मैले हिसाब गरे र निराश हुँदै पटाभी भाइलाई बार्गेनिंगको लागि अनुरोध गरे । करिब आधा घण्टाको मसक्कदपछि २ लाख सिलिंग -करिब ७ हजार ४ सय ७ रुपैया)मा खाली ग्यास सिलिण्डर दिन उ राजी भयो । बेलुका ६ बजे पछि आउने पक्कापक्की गरेर हामी गाडी तिर बढ्दै गर्दा ग्यासवालालाई पटाभी भाइले साउथ इण्डियन शैलीको एक थान गाली गरे । ल अब ग्यास सिलिण्डर त पाइने भयो भनेर हामी बाले बजारमा अन्य किनमेलमा लाग्यौं । मैले आफुलाई चाहिने केही सामान पनि किने ।

अब पालो थियो रेगुलेटर पाइपको । यहाँ सबैकुरा छुट्टा छुट्टै किन्नुपर्ने रहेछ । फेरी रेगुलेटर पाइप पनि एकनास नहुने । फरक फरक कम्पनीको ग्यास सिलिण्डरको लागि फरक फरक रेगुलेटरनै चाहिने रहेछ । पाँच वटा जति ठाउँमा घुम्दा त्यो पनि पाइएन । किनमेल गर्दै गर्दा ६ बजे पछि हामी पुनः दिउँसो ग्यास दिने पक्का पक्की भएको पेटोल पम्पमा पुग्यो । ढिला गर्दा त्यहि पनि फुत्किएला भन्ने डरले हतार हतार हामी पुग्दै गर्दा बाटो पारीबाटै बिहानको मान्छेले हात हल्लाएर आफु तिर आउन इशारा गर्यो । लौ अब त ग्यास पाइने भयो भन्दै खुसी हुँदै हामी पुग्यो । गाडी नजिक आएर उसले भन्यो, “केही बेर पर्खनुस् है ग्यास वाला आउँदैछ ।”

एक छिन पनि । अलि अलि फाटेको टिर्सट, झुस्स परेको जुंगा, च्यातिएकै चुच्चै टोपी, अनि रक्सी खाएर मातेका जस्तो आँखा भएको दुब्लो तर अग्लो अर्को काले देखा पर्यो । उसको शारिरीक बनावट र लुगा भन्दा पहिले मेरो आँखा उसको दाहिने हातमा पुगिसकेको थियो । जसमा उसले आकाशे निलो रंगको सेल ब्राण्डको ग्यास सिलिण्डर झुँडाएको थियो । करिब २० मिटर जति परबाट हामी नजिक आएपछि उसले हामीसँग हात मिलायो । पटाभी भाइले उहाँलाईनै हो ग्यास चाहिएको भनेर म तिर इशारा गरेपछि उसले मलाई शिर देखि पाउँ सम्म ठुल्ठुला आँखाले हेरयो । किन मलाइ उसले हेर्यो त भनेर मेरो जिज्ञासा कायमै थियो । पटाभी भाइले बिशाल भाइ पैसा दिनुस् भनेपछि मैले ५०-५० हजारका ४ वटा नोट उ तर्फबढाए । तर उ त ग्यास सिलिण्डर बोकेर जता बाट आएको उतै पो जान लाग्यो । “हेलो साथी किन जान लाको -” पटाभी भाईले उसको पछाडी दौडेझै गरी भने । “म कहाँ यो २ लाखमा बेच्छु”, झर्किदै ग्यास बोकेको काले बोल्यो, “मलाई त २ लाख ५० हजार चाहिन्छ ।” उसले दिउँसो तय गरेको भन्दा ५० हजार बढि रकम मागिरहेको थियो ।

उसले त्यसो भनेपछि पटाभी भाइले दिउँसो कुरा गरेको मान्छेलाई किन यस्तो भनेर सोधे । उसले हाँस्दै “यो उसैको हो । मैले त कुरा मात्रै गर्दैको उसलाई चित्त बुझाउनु न ।” त्यल्ले त पानीमरुवा जवाफ पो दियो । “हैन केही त मिलाउनु न ।” “नाइ नाइ हुँदैन ।” उ दाम घटाउने पक्षमै थिएन । स्थानीयहरुले गोरो छालाको मान्छे देख्यो भने भाउ या त दोब्बर बनाइ हाल्दो रहेछन् । मैले पनि उसलाई भने मसँग त्यती पैसा छैन मिलाइ दिनुन भने । तर उसलाई मेरो अनुरोधको कुनै प्रवाह रहेन् । “हैन लिने भए लिनुस नत्र म जान्छु” पो भन्न लाग्यो । अन्ततः १५ मिनेट जतिको मोलमोलाइ पछि उ २ लाख २० हजार सिलिंग -करिब ८ हजार १ सय) मा खालि सिलिण्डर मलाई बेच्न मन्जुर भयो ।

हामी ग्यास गाडीमा हालेर अगाडी बढेपछि फेरी पटाभी भाइको मुखबाट एक थान साउथ इण्डियन गाली निक्लियो । ति दर्ुइ कालेलाई लक्षित गरेर । “बिशाल भाई तपाईको भाग्य बलियो रैछ”, पटाभी भाईले ठुलै युद्ध जितेको भावमा मलाई भने, “ग्यास सिलिण्डर पाइयो ।” पटाभी भाइले तिन महिना अघि व्यापार गर्न यहाँ आएका एक भारतीय परिवारले अहिलेसम्म ग्यास पाउन नसकेको प्रसंग पनि सुनाए । यहाँ अहिले कालोबजारी र चोरी गरेर राखिएका सिलिण्डर पाउनलाई पनि साह्रै गाह्रो हुने गरेको उनले बताए ।

ग्यास सिलिण्डर पछिको अर्को समस्या थियो रेगुलेटर र पाइप त्यसको लागि पनि फेरी हामी विभिन्न ठाउँमा गयौं तर अझै पाउन सकिएको छैन । ग्यास जस्तो दैनिक उपभोग्य बस्तु पाउन पनि यहाँ साह्रै समस्या छ । सरकारले पनि यसहज रुपमा ग्यास उपलब्ध गराउन सकेको छैन । पाए पनि गोरो छाला गरेकाहरुलाई भने गाह्रो नै रैछ । अहिले कोठामा रहेको खाली ग्यास सिलिण्डरलाई हर्ेर्दै म यो लेख लेखिरहेको छु । आशा छ अर्को हप्तासम्ममा मैले ग्यास भर्न पाउनेछु । अनि आफ्नो पाराको नेपाली खाना बनाएर खानेछु । यस्तै छ मेरो सोच तर थाहा छैन ग्यास भर्नको लागि पुनः बालेको लागि मेरो साइत कैले जर्ुछ अनि यो पनि थाहा छैन १ लाख ५० हजार सिलिंग तिरेर पनि मैले ग्यास भर्न पाउँछु कि पाउँदिन् । आशा छ मेरो ग्यास म्याराथन अर्को सातासम्म पुरा हुनेछ ।

लेखक नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जका पर्ूव उपसम्पादक हुन् । हाल उनि अप्रिmकी राष्ट्र युगाण्डामा अर्न्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत छन् ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb