Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’

Posted on August 31, 2023June 28, 2024 by bishalpana

दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए । लंगर पस्कनका लागि बालक देखि वृद्धसम्म आआफ्नो भूमिकामा देखिन्थे । उनिहरुलाई नकसैले निर्देशन दिनुपरेको थियो, न कसैले अह्राउनु परेको थियो । मानांै एउटा स्वचालित मेसिन जस्तै सबै प्रक्रिया चलिरहेको थियो । लंगर सुरु भएकोकरिब एक घण्टामा एक सयभन्दा बढिले पेटभरी लंगर ग्रहण गरे । जसमा शिख र गैर शिख समुदायका ब्यापारिदेखि बटुवा र मजदुरसम्म थिए । लंगरमा सबै उमेर, जातजाती र धर्मका सहभागी देखिए ।

नेपालगन्जमा रहेको यो गुरुद्धारामा हरेक शनिबार दिउँसो गरिब, दुखीहरुका लागि लंगर खुवाउने गरिन्छ । आज बैशाख १, अर्थात् नेपालीहरुको नयाँ वर्ष शिख समुदायको महानपर्व बैशाखी पनि हो । बैशाखीको उपलक्ष्य लगातार अड्चालिस घण्टा गुरुद्वारामा भजनकिर्तन पनि भइरहेको छ ।

लंगरको सुरुवात शिख समुदायको धर्म गुरु गुरु नानकले सुरु गरेकाथिए । भनिन्छ, गुरु नानकलाई उनका बुवाले बीस रुपैँया दिएर ‘सच्चा सौदा’ अर्थात् राम्रो व्यापारमा लगाउन भनेका थिए । गुरु नानकले त्यही रकमबाट गरिब दुखीलाई खाना खुवाउन लंगरको सुरुवात गरेको गुरुद्वारा प्रवन्धक समितिका महासचिव अमरजित सिंहले बताए । सिंहका अनुसार, गुरु नानकको त्यही कामको अनुसरण गर्दै अहिले संसारभर रहेका शिख धर्मावलम्बीहरुले लंगर खुवाउने गर्छन ।

‘शिख समुदायले स्वेच्छिक रुपमा दिएको दानबाटनै हामी लंगर खुवाइरहेका छौं’, महासचिव सिंहले दैनिक नेपालगन्ज सँग भने, ‘हाम्रो धर्ममा दान दिनका लागि कसैलाई करबल गरिंदैन । स्वेच्छिक रुपमा प्राप्त भएको दानबाटनै हामीले प्रत्येक हप्ता दुई सय बढिलाई खाना खुवाउँदै आएका छौं ।’

सिंहले कुनै पनिजाति, लिंगका आधारमा लंगरमा विभेद नगरिने बताए । जुन कुरा लंगर खुवाइराखिएको हलमा भएको जमघटबाट पनि प्रस्ट हुन्थ्यो । जहाँहिन्दु धर्मका साधुहरु साधुभेषमैं पनिआएर लंगर ग्रहण गरिरहेका थिएभने शिख समुदायकाले सोधी सोधी उनिहरुलाई थपिथपि खाना खुवाइरहेका थिए ।

नेपालगन्ज जस्तो सामाजिक सद्भावको टड्कारो आवश्यकता रहेको शहरमा अल्पसंख्यकका रुपमा रहेका शिख समुदायले आयोजना गर्ने यस्ता खाले कामले नेपालगन्जको सद्भावलाई अझ मजबुत बनाएको युवा याम गिरी बताउँछन । ‘म आफैपनि दश पटक भन्दा बढि यहाँ आएर लंगर ग्रहण गरेको छु’, प्लस टु अध्ययन सकेका गिरी ले दैनिक नेपालगन्ज सँग भने, ‘यहाँआएर लंगर ग्रहण गर्दा एक किसिमको प्रेम मिसिएको भाव हुने भएकाले पनि होला हरेक खानेकुरा स्वादिष्ट हुन्छन । घरकै स्वाद आउँछ ।’

(याे लेख २०७६ साल बैशाख १ गते नेपालगन्जन्युज डट कममा प्रकाशित भएकाे हाे)

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • Special Day किन विशेष छ August 19?
  • माहुरीले चिलेका दुई घटना [Part-2]
  • Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?
  • माहुरीले चिलेका दुई घटना [Memory Part-1]

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb