नेपालगन्जस्थीत रंगशालामा फुटबल हेरेकाहरुलाई सायद ताजै होला भक्त रानामगरको “डल्पिmन किक” । धेरैले यसलाई “भक्ते किक” को नामले पनि चिन्छन् । मंगोलियन अनुहार, होचो कदका भक्तले हान्ने किक हत्तपत्त गोलपोष्ट नचुमि र्फकदैनथ्यो भन्छन् उनका खेल हेरेकाहरु । विदेशमा रहेका नेपालीहरुले कसरी दशैं मनाउँदै छन् त भन्ने बारेको चर्चा यीनै भक्त रानामगरबाट सुरु गरौं ।
नेपालगन्ज-१ धम्बोझीका स्थायी बासिन्दा भक्तको रगतका थोपा थोपामा फुटबल थियो र छ पनि । कुनै समय पश्चिम नेपालमा भक्त भनेपछि फुटबलका हस्ती टोली पनि उनको टिमसँग भिड्न हिच्किचाउँथ्यो । फर्ुर्तिलो ज्यान, छरितो पास र दमदार सुटका कारण उनको फुटबल खेलको चर्चा अझै पनि हुने गर्छ । उनले फुटबलमै आफ्नो भाग्य लेख्न नचाहेका होइनन् तर उनीजस्तो समर्पीत र कुशल फुटबलरले नेपालमा भविष्य देखेनन् र भाँसियो विदेश ।
नेपालगन्जीयाले भक्तलाई रंगशालामा नदेखेको ३ वर्षभयो । ”
यो त मेरो तेस्रो दशैं हो भाई जो म विदेशमा मनाउँदै छु,” फेसबुक च्याटमा झुल्किएका भक्तले भने, “दशैं तिहारमा नि विदेशमा बस्नु के रमाइलो हुन्थ्यो र -” तीन वर्षघि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा पुगेका भक्तले दशैं तिहार आउँदा घर, परिवार साथी भाइको सबैभन्दा बढि याद आउने बताए ।
“घरमा भाको भए ठुलाबडाको हातबाट टिका अनि आषिश थाप्न पाइन्थ्यो । यहाँ त के गर्नु मासु भात खायो, सुत्यो । यसरीनै मनाउने हो दशैं ।” ठट्यौली पाराका भक्तले भने । फुटबलमा आफ्नो करियर बनाउन चाहेपनि समयले साथ नदिएको भन्छन् उनि । “फुटबलमै जम्न नसकिएपनि मेरो नशा नशामा फुटबल छ ।” उनले भने ।
नेपालगन्जमा रहँदा केही विद्यालयमा खेल प्रशिक्षकको रुपमा पनि काम गरे भक्तले । cmझैपनि केही गर्ने सोच छ फुटबलको लागि । केही समयपछि नेपाल र्फकने योजनामा छन् उनी । “तर नेपालमै बस्दिन होला फेरी अर्को देश जाने योजना छ ।” आफ्नो बाध्यता र फुटबल प्रतिको लगाव प्रति अलि भावुक हुँदै उनले भने, “जहाँ भक्त त्यहाँ फुटबल त भइहाल्छ नी चाहे देश होस् वा विदेश ।”
बाँके रझेना-५ का सन्देश रानाभाटको पनि यो पाँचौ दशैं हो जो उनी विदेशमा मनाउँदैछन् । “विदेशको दशैं के राम्रो हुन्थ्यो -” फेसबुक च्याटमा भेटिएका उनले भने, “घर परिवार गाउँ सबै तिर खुसीयाली हुन्छ दशैंमा आफु भने एक्लै के दशैं हुनु नी ।” चार वर्षइराक र गत वर्षेखि मलेसियामा कार्यरत रानाभाटले सधैं झै यो वर्षो दशैंमा पनि केही मिठो पकाएर खाएर मनाउने योजना बनाएका छन् । “के गर्नु बिदेशियपछि चाडबाड भन्न पाइदो रहेनछ । ” उनले भने ।
फत्तेपुर-७, निबुवाटार, बाँकेका प्रेमसिंह थारु एक महिना अघि आयरल्याण्ड पुगेका छन् । नेशनल यूनिभरसिटी अफ आयरल्यण्डमा कानून विषयमा मा स्नाकोत्तर गर्न । “म घरबाट बाहिर भएको यो पहिलो दशैं हो ।” फेसबुक सन्देशमा उनले लेखे, “म काठमाण्डौ हँदा प्रत्यक वर्षो दशैंमा घर जाने गरेको थिएँ । यसपालीको दशैं यूरोपमै मनाईदै छ ।” उनले यसपालीको दशैंमा केही नयाँ साथीहरुसँग नयाँ ठाउमा घुम्न जाने र आफ्नै हातले पकाएर खुआएर मनाउने सोचमा रहेको बताए । “घर परिवारसँग टाढा हुँदा अलि नरमाईलो लाग्नु त स्वभाविक कुरा हो ।” उनले भने, “तर पनि रमाउने प्रयास त गर्नेै पर्यो ।”
दोलखा चरिकोट घर भएका उमेश बस्नेत हाल अफि्रकि मुलुक युगाण्डामा कार्यरत छन् । कम्पालास्थित मेघा इन्डष्ट्रिजको वित्त नियन्त्रण बस्नेत यो सालको दशै सातौं हो जुन उनि विदेशमा मनाउँदै छन् । “घर जान त मन थियो तर के गर्ने छुट्टीनै मिलेन ।” फेसबुक च्याटमा उनले दुखेसो पोखे । भारतको मुर्म्बईमा तीनवटा दशैं मनाएका बस्नेत तीन वर्षअघि युगाण्डा आएका थिए । “दशैंको बेला साथीहरुसँग भेटघाट गर्ने, मिठो खानेकुरा खाने ।” उनले यसवर्षो दशैं मनाउने योजना सुनाए ।
बाँके चिसापानीका राजन तामाङले पनि पहिलो पटक दशैं विदेशमा मनाउँदै छन् । हाल दर्ुबईमा कार्यरत तामाङले दशैं पारेर आफुसँगै काम गर्ने दर्ुइ जना साथीहरु घर जान लागेकोले झन नरमाइलो लागेको बताए । “दशैं आए जस्तो लागि रहेको छ । तर साथीहरु पनि घर जान लागेको छन् एक्लै नराम्रो लागि रहेको छ ।” इमेल कुराकानीमा उनले लेखे । “बिदेशको दशैं के हुन्थ्यो ड्युटी गयो आयो नि कोठामा हल्का रमाईलो गर्यो यहि नै त हो ।” तामाङले आफुले पब्लिक होलिडेमा काम गरेर बिदा संचित गरेको जानकारी दिँदै त्यो बिदा दशैंको बेलामा सुदपयोग गर्ने बताए । “दशैंको बेला केही साथीहरु मिलेर समुन्द्र छेउको पार्कमा पिकनिकको योजना पनि बनाईरहेका छौं ।” उनले दशैं मनाउने योजना सुनाए । “यसपालि दशैमा आफ्नै कोठामा रमाईलो गर्ने खुशीयाली साटासाट गर्ने त हो नि अनि अनलाइनमा घरपरिवारसंग कुरा गर्ने हो तर म टाढा भएकोले घरमा श्रीमति भने अलि दुखि छिन् ।”
विदेशमा रहेका नेपालीहरुले जे जसरी दशैं मनाउँने भए पनि सबैले संविधानसभाको चुनाव हुन लागेकोमा चासो व्यक्त गरे । “देशमा चुनाव होस् । संविधान बनोस् अनि फेरी विदेश आउन नपरोस् ।” रझेनाका रानाभाटले भने ।
“जे होस् दशैं सबैको रमाईलो होस् । देशमा शान्ति र सुशासनले सम्मान र स्थान पाओस् । देशमा नयाँ संविधान बन्ने बाटो खुलोस्,” फत्तेपुरका थारुले भने ।
यता चिसापानीका तामाङले भन्छन्, “सबैले हर्षोल्लासका साथ दशै मनाउन पाउन । यो मंसिरमा संविधान सभाको चुनाव होस् । नेपालमा त साह्रै महंगी बढेको सुनेको छु । मासुमा हाल्ने प्याज नै किन्न नसक्ने अवस्था भएको छ । नेपालीहरुले दशैमा कसरी किनमेल गर्ने हुन – यद्यपी दशैको सबैलाई शुभकामना ।”