दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए…
[The Last Name] थर फेरिँदा
बासस्थान पुगेको केही बेरमा श्रीमतीज्यूले निम्तोकार्ड थमाईन् । विवाह भोजको चुले निम्तौ रैछ । ओल्टाई पल्टाई सबै विवरण हेरे । अन्तिममा बाहिर पट्टी नाम लेखेको भागमा ध्यान गयो । नाम त ठिकै थियो । थर चाहिं ‘बुढामगर’ । ‘मलाईनै पठाएको निम्ता हो र ?’ एक छिन् रनभुल्ल परे । श्रीमतीज्यू खिसिक्क हाँसिन् । ‘नाम त…
[A pothole] खाल्डोको कथा : उसकै जुवानी
म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो । नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक अगाडिको खाल्डो । मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र…
[Qawwali] नेपालगन्जको मच्छर : सुर्खेत यात्रा
सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत । साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी : मात्र एक पुरूष । साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन । त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली ‘मेरे रस्के कमर, तुने पहेलि नजर, जब नजरसे मिलाई मजा आगया’ को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले…
Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?
Tea Culture in Nepalgunj विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् । दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट गर्ने, देशको राजनीति…
[Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको
एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर कारवाही पनि गर्दै थिए ।…
[Fun Factors] फन इन युगाण्डा
म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो ।…
[Public Health] यो के म पकाएर खाउँ ?
युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ । म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे । यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो । यहाँ ‘भेजिटेबल करि’ भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी…
[Child Journalist] मेरो पत्रकारिताको न्वारन
वि.सं. २०५९ साल । म त्यस बेला बालक्लवको सक्रिय सदस्य थिए । बालक्लवमार्फत बालबालिकाहरुको लागि आवाज उठाउने काममा सक्रिय थिए । त्यसैक्रममा मानवअधिकार सचेतन मंच (एफा)ले आयोजना गरेको आधारभूत बाल पत्रकारिता तालिममा सहभागी हुने अवसर पाए । समाचार भनेको के हो भन्ने थाहा पाए पछि भने मलाई आफु पनि समाचार लेख्ने र पत्रकार बन्ने भुत…
[An Open Letter] शुशिल दा’लाई खुला पत्र
सर्वप्रथम नेपाली काँग्रेसका सभापती शुशिल कोइराला ‘शुशिल दा’लाई बाँके क्षेत्र नं. ३ बाट विजयी हुनुभएकोमा बधाई । नेपाली राजनीतिमा अभिभावकिय इतिहास बोकेको दल नेपाली काँग्रेसको ‘सुप्रिमो’ भएको नाताले पनि तपाईको विजय पक्कै पनि सबै लोकतन्त्रवादीहरुको लागि खुसीको कुरा हो । अझ नेपाली काँग्रेसलाई आफ्नो आदर्श मान्नेहरुको लागि त यो एउटा गर्भ गर्ने कुरानै हो ।…









