पुराना दलहरूप्रतिको बढ्दो असन्तुष्टि, जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक चेतना र युवा मतदाताको प्रश्नले नेपालको राजनीति नयाँ मोडमा पुगेको छ। यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक शक्तिका रूपमा उदाउँदै छ । तर के केवल उत्साह र आशाले रास्वपाले अबको चुनावमा साँच्चै ‘घण्टी’ बजाउन सक्ला ? यसको उत्तर खोज्ने प्रयास यही लेख हो ।
