वि.सं. २०५९ साल । म त्यस बेला बालक्लवको सक्रिय सदस्य थिए । बालक्लवमार्फत बालबालिकाहरुको लागि आवाज उठाउने काममा सक्रिय थिए । त्यसैक्रममा मानवअधिकार सचेतन मंच (एफा)ले आयोजना गरेको आधारभूत बाल पत्रकारिता तालिममा सहभागी हुने अवसर पाए । समाचार भनेको के हो भन्ने थाहा पाए पछि भने मलाई आफु पनि समाचार लेख्ने र पत्रकार बन्ने भुत…