“किन तैले यो मासु खाँदैनस् -” गाईको मासु राखिएको भाँडो छाडेर अघि बढेको देखेर मेरो पछाडीको टाइसुटमा उभिएको मान्छेले सोध्यो । होटलले दिने खानमा अनिवार्य गाई वा गोरुको मासुको परिकार कहिले झोल त कहिले तारेर राखिएको हुन्छ । जुन म प्रत्येक दिन लहरै राखिएको खानाको टेबलबाट आफ्नो थालमा नहालेरै अघि बढ्ने गर्थे ।
सायद र्टाईसुटवालाले यो कुरा ख्याल गरिरहेको थियो । आज त सोधिनै हाल्यो । “म गाईको मासु खाँदिन ।” उ तिर फर्किदै मैले भने । कालो वर्ण्र्ााे म भन्दा करिब एक फुट त अग्लो हुनै पर्छ । त्यही भएर मलाई तनक्क तन्किएर जवाफ फर्काउन परेको थियो । किनकी म उसको अनुहारमै हेरेर जवाफदिन चाहन्थे ।
“किन मिठो लाग्दैन” उसले अर्को प्रश्न तेर्स्यायो ।
“होइन म खाँदिन ।” मैले भने ।
“किन चाइनामा खादैनन् र -” उसले यो प्रश्न चाहि मेरो अनुहार मंगोलियन देखेर राखेको हुुनपर्छ ।
“म चाइनिज होइन ।” खिस्स हाँसे जस्तो गरी मैले भने, “म त नेपाली हुँ । अनि गाई हाम्रो राष्ट्रिय जनावर हो । हामी त गाईलाई पुजा गछौं । अनि खाने त कुरै भएन नी ।” यति भनि सक्दा सायद मेरो अनुहारको भाग भंगिमा फेरिइ सकेको थियो । नसामा रगतको गति त्रि्र भएझै भयो । खानाको प्लेट समातेको हात काँपे जस्तो भयो ।
“के रे ! गाईलाई पुजा गर्र्छौ रे -” अचम्म पर्दे उसले सोध्यो ।
“हो त । हाम्रो देशमा त गाई खाने त के कुरा लात्ताले छोयो भने पनि ढोग्छन् ।” अलि सामान्य हुन खोज्दै मैले जवाफ फर्काए । म उसँग धेरै सफालजवाफ गर्न चाहदैनथे । तर उ भने मसँग अझै यसे विषयमा कुरा गर्न चाहन्थ्यो । खानाको लाइनबाट अन्तिममा रहेको सलादका केही टुक्रा प्लेटमा हालेर केही पर पारिलो घाम लागेको चौर तिर अघि बढे ।
खाना लिँदा चम्चा लिए पनि हातैले नखाएसम्म खानाको पुरा स्वाद नआउने भएकाले एक्लै बसेर खाना खान चाहन्थे । ता कि कसैले नदेखोस् । पलेँटी मारेर खाना खान थाले । “खान पनि सबै उमालेर नुन र्छर्के जस्तो ।” मेरो मनले यस्तो सोच्दै थियो ।
“क्या आई जोइन टु यु -” पछाडी फर्केको त त्यही व्यक्ति थाल समातेर उभिएर हिच्च हाँस्दै मलाई सोध्दै थियो ।
“इट्स ओके । प्लिज । ” भन्न त मन लागेको थियो, “मेरो बाउको जग्गा हो र बस्न नी सोध्नुपर्ने । ” तर त्यसो भन्नु पक्कै उचित थिएन ।
नुन र्छर्केर सलादको एक टुक्रो टोके । स्वाद कति खल्लो जस्तो लाग्यो । मुखमा चल्मलाए र निले ।
“साँची तपाई नेपालबाट रे – कहाँ पर्छ यो । -” उसको प्रश्न सुन्दा लाग्थ्यो उ खानामा भन्दा म, नेपाल र गाईको मासु किन खाएन भन्नेमा बढि इच्छुक छ ।
“हो । हो ।” भातको गाँस हाल्दै मैले भने ।
“कहाँ पर्छ यो । यो देश हो र – ” उ बोल्यो ।
“हो । नेपाल दक्षिण एसियामा पर्छ ।” मैले जवाफे, “अनि गाईलाई पुजा गर्छन । किनकी हामी गाईलाई भगवान मान्छौ । गाई हाम्रो राष्ट्रिय जनावर पनि हो ।”
अट्टहासपर्ूण्ा रुपमा हाँस्ने भाव प्रकट गर्दै उसले भन्यो, “त्यसो भए गाईको दुध पनि खादैनौ होला हैन -”
“किन नखानु दुध त खान्छौ नी -”
“त्यसो भ एमासु किन खान्नौ त -” आफ्नो प्लेटबाट गाईको खुट्टातिरको कुनै हाडसहितको मासु हुनपर्छ सायद । मुखमा हाल्दै उसले मलाई खिस्याएको भावमा भन्यो ।
म उसँग यो प्रशंगमा बहस गर्न कत्ति पनि इच्छुक थिइन । न त म उसको अनुहार हर्ेन चाहन्थे । तर बाध्यता उ मरै अगाडी थियो मानौ गाईसँग सम्बन्धित एक बोरा प्रश्न राखेर बसेको छ ।
“म हिन्दु हुँ । नेपाल हिन्दु बाहुल्यता भएको देश हो । हिन्दु धर्म मान्नेले गाई खाँदैनन् । अनि अर्को कुरा नेपालमा गाई खाने त के कुरा काट्यो वा मार्यो भने पनि जेल जानर्ुपर्छ । ” सायद एकै सासमा जवाफ फर्काए ।
जेल ! हा हा हा ” उ एकपटक जोडले हाँस्यो ।
मलाई कता कता पोले जस्तो भयो । लाग्यो उसले मेरो देश, धर्म र कानूनको खिस्सि उडाएको छ । कसेर एक झापड हाँनु झै लागेको थियो । तर म त्यो अवस्थामा थिइन् ।
“हो त गएको हप्तानै गाई मारेको आरोपमा दर्ुइ जना पक्राउ परेका छन् । उनिहरुमाथि मुद्दा चलिरहेको छ । मैले समाचार पढेर थाहा पाएको ।” उसलाई उदाहरण दिन खोज्दै मैले माथिको विवरण पेश गरे ।
“अनि हिन्दुले नखाए अरु धर्म मान्नेले त खान्छन् होला नी – ” उ बोल्यो ।
“नेपालमा जुनै धर्म मान्नेले पनि खाँदैनन् । किनभने नेपालमा सबै धर्म मान्नेले गाईलाई आमा मान्छन् ।” उसको जवाफ फर्काए ।
“क्रिश्चियन अनि मुस्लिमले पनि खाँदैनन -” आर्श्चर्य चकित भावमा आँखी भौ माथि सार्दै उसले सोध्यो ।
“अहँ । कसैले पनि खाँदैनन् ।” मैले जवाफे ।
मेरो जवाफ सुनेर उ एकछिन असमञ्जसमा पर्यो । आफ्नो खानाको प्लेटमा हेर्यो । केही टुक्रा सलाद मुखमा हाल्यो । अमिलो गरी चपायो । मलाई लाग्यो । उ केही केही उरन्ठेउला प्रश्न सोध्ने बारे सोच्दैछ ।
यसै पनि बिहानको खाना अबेर खान लागेको त्यसमाथि उसको झर्को दिने खालका प्रश्नहरुले मलाई खानाको स्वाद पुरा गर्न दिइरहेको थिएन ।
“तँ भगवान मान्छस् कि मान्दैनस् -” खानाको प्लेटबाट टाउको उठाउँदै उसले अघिसम्म जारी प्रशंग भन्दा फरक प्रश्न गर्यो ।
“मान्छु ।” मैले सहज उत्तर दिए ।
“अनि चर्च जान्छस् कि जाँदैनस् -”
“म हिन्दु हुँ त्यसैले मन्दिुर जान्छु ।” मैले जवाफे ।
“कुन-कुन बार जान्छस् त मन्दिर -” उसको प्रश्नको अर्को भेल आयो ।
“हाम्रो कुनै दिन हुँदैन । म त सधैं भगवानलाई सम्भिmन्छु । मन्दिर जान मन लागे जान्छु । नलागे जान्न । मलाई मन्दिर जान कुनै दिन वा बारनै पर्खनु पर्दैन । तर म नास्तिक पनि होइन ।” उत्तर अलि लामै दिए, “हाम्रो धर्ममा प्रत्येक बार फरक-फरक भगवानका नाममा छ । त्यसैले मलाई जुन दिन मन लाग्छ त्यही दिन जान्छु । नभए जान्न । तर मेरो भगवान मेरो मनमा छ । त्यसैले मन्दिर जानर्ैपर्छ भन्ने छैन ।”
अलि खिस्याए जस्तो हाँसोको साथ उसले फेरी सोध्यो, “त्यसो भए तिमिहरुलाई पर्ूनजन्ममा विस्वास लाग्दैन -”
“लाग्छ । किन नलाग्नु – त्यसैले त यो म यो जुनीमा राम्रो काम गर्न खोजिरहेकेा छु । ता कि अर्को जुनीमा राम्रो मान्छे भएर जन्मन सकुँ ।” साय उसको प्रश्नको ओजन अनुसारको जवाफ थियो यो ।
“त्यसो भए किन सधैं चर्च अ ˜˜˜अ˜˜˜ केे रे मन्दिर किन जाँदैनस् त – ” उसले यो चाँही अलि बढिनै हुने गरी भन्यो ।
“मलाई मन लागे जान्छु । नलागे जान्न । किनकी मेरो भगवानले यहि बार यहि समय त मेरो गुनगान गाउन आइज भनेर भन्दैन ।” अलि झोक्किए झै गरी मैले पनि जवाफ दिए । यसो बिचारेको त मेरो खानामा प्लेट थरथराएर दर्ुइ टुक्रा सलादनै भर्ँर्ुइमा खसेको रहेछ । लाग्यो उ म र मेरो धर्म प्रति बढिनै पर्ूवाग्रही भएको छ । उ आफुलाई उँचो देखाउन चाहन्छ ।
“त्यसो भए त तँ पापी होस् ।”
“पापी -” यो शब्द मेरो कानमा पर्ने बित्तिकै मैले आफुलाई सम्हाल्न सकिन । प्लेट भर्ुर्ँइमा राखे । लाग्यो मेरो शरीर थरथर्राई रहेको छ । श्वास फुलेको छ । अनि मेरा नशाहरुमो रगतको सञ्चार त्रि्र भएको छ ।
“हाउ यु क्यान से मि अ सिन पर्सन -” अलि झोक्किएर बोले ।
“एस । यु आर अ सिन पर्सन ।” उसले आफ्नो दावा कायम गर्दै जवाफ फर्कायो ।
“ए । म पापी हुँ – ल त्यसो भए म पापी हुँ भन्ने प्रमाण दे ।” धन्न धन्न उसको नाकैमा छिर्ला झै गरी चोर औला ठड्याउँदै भने ।
मेरा आँखा सायद राता भएको थिए । नहोस् पनि किन कसैले आफुलाई पापी हो भनेपछि हुनु पनि सामान्य हो ।
“खोइ प्रमाण दे ।” मैले फेरी भने ।
“होइन भगवान मान्छु भन्ने पर्ुनजन्म हुन्छ भन्ने अनि मन्दिर नजाने । गाई खान्न भन्ने हुन्छ -” उसले आफ्नो धर्म बाहेक अरु धर्मको बारेमा कुनै कुरा थाहा नभए जसरी भन्यो, “मेरो परमेश्वर महान् हुनुहुन्छ । उहाँले मानवको श्रृजना गर्नुभयो । उहाँले सबैलाई मुक्ति दिनुहुन्छ । त्यसैले चर्च नजाने पापी हो ।” उसले आफुलाई सच्चा क्रिश्चियन देखाउन खोज्दै थियो ।
“मलाई थाहा छैन क्रिश्चियन धर्मले के भन्छ । बाइबलले के भन्छ । तर एउटा कुरा थाहा छ । देवताको नाममा येशु, शिव, अल्लाह, बुद्ध, गुरुनानक जे भनेपनि तिनले दिने बाटो भनेको सत्य र सुमार्गको हो ।” मैले पनि तातै जवाफ फर्काए ।
“त्यो त हो । तर…. ।” उ पुनः मलाई होइन त पापी नै होस् भन्न चाहन्थ्यो तर मेरो तर्कले उसको घाँटीबाट त्यो शब्द निस्कन सकेन ।
“त्यस्तो हो भने त मेरो चर्च जान सक्छस् त म सँग – “उसले भन्यो ।
“किन नसक्नु यदि तैले लैजान्छस् भने जान सक्छु । म पनि तेरो भगवानको बारेमा बुझ्न चाहन्छु ।” मैले भने ।
मेरो जवाफ सुनेर उ आफुले केही जिते जस्तो गरी मुस्कुरायो ।
“अनि के त मेरो मन्दिर जान्छस् त म सँग -” पालो मेरो प्रश्नको थियो ।
उसले एकछिन सोचे जस्तो गर्यो । म जवाफको पर्खाइमा थिए । उसले उत्तर दिन सकेन, चाहेन वा मानेन त्यो मलाई थाहा छैन तर केही छिन अघि उसको अनुहारमा आएको जीतको मुस्कान भने अहिले थिएन ।