Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Violence aginst Women] महिला हिंसाका उस्तै रुप

Posted on September 30, 2013June 8, 2024 by bishalpana

“बिशाल ती महिलाको स्टोरी बनाउनु परो ।” मेरो सहकर्मी प्याटिकले केही दिन अघि घरेलु हिंसामा परेकी एउटी महिलाको फिचर लेख्नु पर्ने आग्रह गर्यो । “हुन्छ ।” मैले सहजै उत्तर दिए । नेपालमा हुँदा पत्रकारिता गरेको अनुभव भएको हुनाले पनी मलाई त्यो प्रस्ताव स्वीकार्न खासै गाह्रो भएन । मेरो स्वकारोक्तिसँगै दोस्रो दिन मेरो कार्यक्षेत्रमा पर्ने क्वेन जिल्लाको कुनै गाउँमा मलाई स्थानीय भाषा सहयोगी प्रेसिलासँगै पठाइयो । पीडितको बारेमा आवश्यक जानकारी लिएर पीडितको घर पुगेको भेट भएन । पत्ता लगाउँदै जाँदा अलि पर छिमेकीको घरमा मकै छोडाउँदै रैछन् ।
सहयोगी प्रेसिलालाई पीडितले कुरा गर्न मान्छ कि मान्दैन सोध यदि मान्छ भने अनुमति फारम भर अनि कुराकानी गरौला भनेर भने । एक्सनएडको एउटा प्रावधान यस्तो छ कि पीडितले लिखित मन्जुरी नदिइकन फोटो वा भिडियो खिच्न, प्रकाशन प्रशारण गर्न पाइँदैन । पे्रसिला सोध्न लाग्दा मैले झोलाबाट क्यामरा झिकेर स्टाण्डमा फिट गर्दै थिए । “हाम्रो फोटो खिचेर पैसा कमाउने ।” अघि शान्तसँग मकै छोडाइरहेको झुस्स दाह्रीवालले जंगिदै भन्यो, “मेरो फोटो खिच त मात्र तलाई अहिल्यै पुलिस ल्याएर पक्राउँछु ।”
म त छक्कै परे । जनआन्दोलन २ को बेला नेपालगन्ज नर्सिंग होममा ल्याएको घाइतेको फोटो खिच्न लाग्दा एकजना सरकारी अधिकारीले मेरो क्यामरा खोस्दै यसैगरी धम्क्याएको सम्भिmए । धन्न त्यतिबेला तत्कालिन पत्रकार महासंघ बाँके शाखाका सचिव जयनारायण शाह दाईले जोगाएका थिए । यहाँ त पुलिसै बोलाउँछु भनेपछि त के गर्नु के गर्नु भयो । अलमल्लमा परे । नेपाल भाको भै लु लु बेला त हेरुम् भन्नु हुन्थ्यो । अर्काको देश । “मैले तपाईको फोटो खिचेको पनि छैन, खिच्ने रहर पनि छैन । म त उहाँको कुरा सुन्न पो आको हो । सम्हालिँदै छेउमा बसेकी महिलालाई देखाउँदै मैले भने । “हुन्न हुन्न हाम्रो फोटो बेच्ने । जाने भइ गइहाल होइन भने पुलिस बोलाउँछु ।” उस्को पारो सेलाउने संकेत देखिएन ।
“होइन यो मान्छेले किन यस्तो गर्दैछ -”  मैले प्रेसिलालाई सोधे ।  “यी महिलाको श्रीमान् यहि हो के -” उसले कानछेउ आएर भनि । बल्ल मेरो चेत खुल्यो । किन यो मान्छे यसरी पड्किएको रहेछ भन्ने कुरा बल्ल भेउ पाए ।
एक्सनएडको क्वेन जिल्लामा महिला संरक्षण केन्द्र भन्ने महिला हिंसा विरुद्धको एउटा कार्यक्रम छ । त्यहाँ दैनिक महिला हिंसाका पीडितहरु निवेदन लिएर आउँछन् । मलाई पक्राउने धम्की दिनेले पनि आफ्नी श्रीमति कुटेपछि केन्द्रको सहयोगमा स्थानीय प्रहरीले पक्राउ गरी केही दिन थुनामा राखेछ । अब आयन्दा कुटपीट नगर्ने, श्रीमतिलाई माया गर्ने भन्ने र्सतमा उ छुटेको रहेछ । घटना विवरण थाहा पाएपछि बल्ल मलाई लाग्यो उसले किन यस्तो गर्यो भनेर । मलाई पुलिस लगाएर पक्राउने अनि मेरै बुढिको फोटो खिच्न आउने भन्ने भान पर्यो होला सायद यसरी म सँग पड्किएको ।
ती महिला हामीसँग कुरा गर्न खोज्दैथिन । सायद उनि आफ्नो दुखेसो हामीलाई सुनाउन चाहन्थिन तर कुरा गर्न अनुमति नै लिने अवस्था नभएपछि हामी त्यहाँबाट निस्कियौ । “यहि हो महिला हिंसाको उदाहरण ।” सहयोगी प्रेसिला बोली । मलाई पनि लाग्यो सायद हामी त्यहाबाट हिँडेपछि त्यसले फेरी आफ्नो श्रीमतिलाई पक्कै काली गर्यो होला ।
नेपालबाट आउँदा मलाई लाग्थ्यो । महिला हिंसा नेपालमा मात्रै होला । तर त्यस्तो रहेनछ । यहाँ पनि महिलामाथिको हिंसा कम रहेनछ । कति सम्म भने पाल्न सक्नले जतिवटा पनि बिहे गर्न पाउँदो रैछन् । न कानूनले छेक्ने, न समाजले न त महिलाले नै । युगाण्डामा बहुविवाह विरुद्धको कानून पनि छैन । केही अघि एकजना बहुविवाह पीडित महिलालाई सोधे “तपाईलाई श्रीमान्ले अर्कि बिहे गर्दा महिला अधिकार हनन् भयो जस्तो लाग्दैन -” “छोराछोरी अनि मलाई राम्रोसँग पाले भैहाल्यो नी ।” ती महिलाको जवाफले म त छक्कै परे, उनले थपिन् “श्रीमान्ले पाल्न सके जति विहे गरेनी के हुन्छ र -”
उनको जवाफ सुनेपछि भने मलाई नेपालका महिलाहरु त अलि अगाडि रहेछन् भन्ने लाग्यो । कम्तिमा नेपालमा बहुविवाह विरुद्धको कानून छ । कुनै महिलाले आफ्नो श्रीमान्ले अर्की विहे गर्यो भनेर भन्यो भने पक्राउ गरिन्छ भनेर मैले यहाँ भन्दा मेरै सहकर्मीहरु पनि छक्क परे ।
अझ एकदिन मैले नेपालमा त श्रीमान्ले श्रीमतीको इच्छा बिना यौन सर्म्पर्क राख्न खोज्यो भने पनि कानून लाग्छ भनेर भनिदिए । सबै जना ट्वा परेर मुखामुख पो हर्ेन लागे बा । त्यसैबिच एउटा महिलाले भनि हालिन् “यस्तो पनि कानून हुन्छ ।” उनको भनाईबाटनै मैले बुझे कि यहाँ पनि नेपाली महिलाहरुजस्तै श्रीमतीको शरिरमाथि श्रीमान्को अधिकार हुन्छ भन्ने सोच रहेछ ।
नेपाल र युगाण्डा जनसंख्या र क्षेत्रफलको हिसाबले त्यति फरक भएको देश होइन् । तर महिला र महिला सम्बन्धि कानूनको हकमा भने नेपाल धेरै अगाडि जस्तो लाग्यो । म नेपाली भएको नाताले त्यसो भनेको होइन कि मैले माथि उल्लेख गरेका केही उदाहरणहरुले पनि नेपालको कानून महिलाहरुको पक्षमा छ भन्न मिल्छ जस्तो मलाई लाग्छ । तर महिलाहरुमाथि गरिने व्यवहार र सोच भने नेपाल र युगाण्डामा खासै फरक छैन । यो लेख यहाँ पनि पढ्न सक्नुहुन्छ । 

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’
  • [Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन
  • [FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Muzungu- a Foreigner] मुजुङ्गु !

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb