# bishalpana > बिशाल पाना ## Posts - [Mt. Meru को काखमा हाइक [photo story]](https://bishalpana.com/mt-meru-photo-story-hike-phot/): हाइकमा जाँदा मज्जाले फोटो खिच्न पाए तान्जानिया आएदेखि एउटा अवसरको खोजिमा थिए । क्यामेरा लिएर फोटो खिच्न जाने । जुन करिब चार वर्षपछि मिल्यो । हालै एक समुहसँग हाइकमा जाँदा मज्जाले फोटो खिच्न पाए । हाइकका क्रममा हिँडेको मकैबारी, माउण्ट मेरु हिमालको परिदृश्य, गाउँघरको फोटो खिच्दा बडो मज्जा आयो । साढे ३ घण्टामा साढे १० किलोमिटर हिँड्दा दुई सय बढि फोटो खिचे होला । आफुले खिचेका फोटो आफैलाई नराम्रो नलाग्ने कुरै भएन । धेरै पछि क्यामेर समाउन पाउँदा झनै मज्जा लाग्यो । हिँडेर शरिर थाके पनि मन भने बडो आनन्दित भयो । यो हाइकको बारेमा मैले मेरो युट्युब च्यानल बिशाल... - [[Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?](https://bishalpana.com/rastriya-swatantra-party-ghanti-bajna-sakcha/): पुराना दलहरूप्रतिको बढ्दो असन्तुष्टि, जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक चेतना र युवा मतदाताको प्रश्नले नेपालको राजनीति नयाँ मोडमा पुगेको छ। यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक शक्तिका रूपमा उदाउँदै छ । तर के केवल उत्साह र आशाले रास्वपाले अबको चुनावमा साँच्चै ‘घण्टी’ बजाउन सक्ला ? यसको उत्तर खोज्ने प्रयास यही लेख हो । - [फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?](https://bishalpana.com/how-to-get-smart-with-money/): महिनाको ३० हजार आउने जागिर छ । तर, तलब आउनु भन्दा अगाडिनै उधारो लिनु पर्छ ।  अलिकति पैसा भयो कि आवश्यक भए पनि नभए पनि नयाँ सामान किन्न मन लाग्छ । फेसबुक वा इन्टाग्रामममा कुनै सामान छुट छ भन्ने देख्यो कि अर्डर गरिहाल्नुपर्छ । आफुसँग नगद पैसा नभएर के भो, बैंकले दिएको क्रेडिट कार्डबाट अनलाइन सामान किनिहाल्नुपर्छ । तपाईमध्ये कसैले यस्तो गर्नुभएको छ ? वा आफ्नो साथिभाई कसैले गरेको देख्नुभएको छ । छ भने फिल्मि ज्ञान-How to Get Smart with Money? शिर्षकको यो फिल्मि ज्ञान तपाईको लागि है । गत साता नेटफ्लिक्समा रहेको Get Smart with Money भन्ने डकुमेन्ट्री फिल्म... - [बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!](https://bishalpana.com/bageshwori-temple-viral-photo/): तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो (Bageshwori Temple Viral Photo) पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला ।बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? लागेको छ भने यो ब्लग पुरा पढ्नुहोला है । यो फोटो म लेखकले खिचेको हुँ । यो फोटो थुप्रै व्यक्ति, संस्था तथा व्यापारिक प्रतिष्ठानले अनुमति नलिइ प्रयोग गरेका छन् । नेपालको प्रतिलिपि अधिकार अनुसार श्रष्टाको अनुमति नलिइ फोटो प्रयोग गर्नु गैर कानूनी कार्य हो । मैले अब यो फोटोको प्रतिलिपि अधिकार दावि पनि... - [कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal](https://bishalpana.com/gender-and-sexual-minorities-in-nepal/):   ‘उ छ नम्बर गयो ।’, यस्तो भनेको सुन्दा कसलाई पो चित्त नदुख्ला ? त्यसमाथि हिजडा, छक्काजस्ता शब्द त उनले कैयौं पटक सुनिन् । अहिले भने उनले हेयभावले सम्बोधन गरिने यस्ता सबै शब्दहरुलाई पचाइसकेकिछिन र बनेकि छिन् यौनिक तथा लैंगिक अल्पसंख्यक (Gender and Sexual Minorities in Nepal) अधिकारकर्मी ‘परिना’ । आजको ब्लगमा म पश्चिम नेपालमा रहेर यौनिक तथा लैंगिक अल्पसख्ंकहरुको अधिकारका लागिसंघर्षरत परिना चौधरीको चर्चा गर्दैछु । उसो त परिनालाई चिनेको दशक बढि भइसकेको छ । मैले उनलाई चिन्दा उनि त्यतिसाह्रो खुलेर आइसकेकि थिइनन् । अहिले पनि उनी नेपालगन्जमा पश्चिम तारा नेपालको संस्थामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सयौंको अभिभावक... - [Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता](https://bishalpana.com/moist-attack-on-nepal-television/): Maoist Attack on Nepal Television ‘Nepal Television (एनटिभि) त माओवादीले लुटेरे नि !’ Maoist Attack on Nepal Television, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्याकलुलुक भए ।  एनटिभि भन्नाले त्यसबेलाको नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर, हालको एनटिभि कोहलपुर । हिजो दिउँसो मात्रै टेलिभिजन कार्यक्रम बाल दर्पण रेकर्ड गरेका थियौं । आज २०६१ साल फाल्गुन १४ गते बिहानै यस्तो समाचार सुन्नु पर्यो । तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ साल फाल्गुन १३ गते राती नेपाल टेलिभिजन कोहलपुरको क्षेत्रिय प्रशारण केन्द्रमा आक्रमण गरेको थियो । जसलाई पुनः सुचारु हुन १३ वर्ष लाग्यो । वि.सं. २०७४ बैशाख १... - [डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video](https://bishalpana.com/dr-binod-karna-a-plastic-surgeon-beyond-surgery/): Plastic Surgeon Dr. Beenod Karn सँग गरिएका पडकाष्ट कुराकानीको भिडियो लिंक तल छ । नेपालगन्जमा जन्मिएर नेपालगन्जमै सेवा गरिरहेका, कमैले मात्र नचिन्ने नेपालगन्जिया हुनुहुन्छ डा. बिनोद कर्ण । उहाँको विज्ञता हो प्लाष्टिक सर्जरी । उहाँलाई प्लाष्टिक सर्जन (Plastic Surgeon) का रुपमा मात्र चिनाउनु भने अपूर्ण हुन्छ । उनलाई झट्ट हेर्दा ‘उहाँ डाक्टर हो र ?’ भन्ने पनि नभएका होइनन् । सामान्य नेपाली कदकाँठिका हुनुहुन्छ डा. कर्ण । चुठ्ठि बानेको कपाल अनि शिरमा ढाका टोपी डा. कर्णलाई चिनाउने पहिचान हो । चीनबाट प्लाष्टिक सर्जरीको विज्ञता हासिल गर्नुभएका डा. कर्ण सिंगो पश्चिम नेपालको एकमात्र प्लाष्टिक सर्जन हुनुहुन्छ । दुई दशक बढिको चिकित्सा... - [Drug Abuse: Crime or Disease? लागुऔषध अपराध कि रोग?](https://bishalpana.com/drug-abuse-crime-or-disease-bishal-blog/): लागुऔषध अपराध कि रोग? [Drug Abuse: Crime or Disease?] यहि प्रश्न मैले साथी प्रविणलाई पडकाष्टमा सोधेको थिए । उनको सटिक जवाफ थियो, ‘लागुऔषध रोग हो नि साथी, उपचार गरेपछि लागुऔषध दुव्र्यसन छोडन सकिन्छ ।’ हामी एक अर्कालाई नाम भन्दा पनि ‘साथी’ भनेरै सम्बोधन गर्छौं । हाम्रो चिनजान भएको पन्ध्र वर्ष बढि भयो होला । यसबिच कहिले सामान्य हेल्लो हाइ त कहिले चिया गफमा भेट हुन्थ्यो । उनि लागुऔषध दुव्र्यसन मुक्त समाज बनाउन तल्लिन । मज्जाले बसेर बातमार्ने मौका मिलेको थिएन । यस पटकको नेपाल बसाईमा पोडकाष्टको योजना बन्यो । को संग कुरा गर्ने भन्दा मेरो दिमागमा आएको नाम थियो प्रविण... - [Special Day किन विशेष छ August 19?](https://bishalpana.com/special-august-19/): On World Humanitarian and World Photography Day, we recognize both the courageous efforts of aid workers and the powerful role of photography in documenting humanitarian crises. This year's focus highlights the need to protect civilians in conflict zones while using photography to amplify their stories and promote global action. - [KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !](https://bishalpana.com/kush-a-zombie-drug-killing-young-people-crisis/): अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो । स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए । हामीले बो शहरको मुख्य भागको परिक्रमा गर्यौं । केही छिनमा र्याली एउटा बस्तीमा छिर्यो । मसँग रहेका मित्रले भने, ‘अब हेर्नु है यहाँ कुश सेवनकर्ताहरु भेटिन्छन् । अनि कुश बिक्रेता पनि ।’ मलाई अलि असहज लाग्यो । तर र्यालीमा भएकाले म पनि उनिहरुसँगै अगाडि बढे । स्थानीय प्रहरीसहितको आयोजनामा कार्यक्रम भएको... - [माहुरीले चिलेका दुई घटना [Part-2]](https://bishalpana.com/honey-hunting-blog-part-2/): घटना २ः घाम तापेर पत्रिका पढ्दा महसहितको मारीको चाका खाँदाको घटना त माहुरीले चिलेको पहिलो ब्लगमा पढ्नु भयो होला । पहिलो घटना पढि नसक्नु भएको भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । अब लागौ दोस्रो घटना तर्फ…कुरो वि.सं. २०७० साल तिरको हो । म तत्कालिन महिला तथा बालबालिका कार्यालय, बाँकेमा कार्यरत थिएँ । युनिसेफको सहयोगमा संचालन भएको पारालिगल कार्यक्रमको सुपरभाइजरको रुपमा । काम थियो बाँकेका विभिन्न गाविसमा पारालिगल समूह गठन गरी समुहका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने । कम्दि गाविस कार्यालयमा तालिमको आयोजना गरिएको थियो । म र विष्णुमाया श्रेष्ठ दिदिले तालिम सहजिकरण गरिरहेका थियौं । पुसको महिना बिहान कुहिरो... - [[Special 36th Birthday-with video] यस कारण बिशेष भयो मेरो जन्मदिन](https://bishalpana.com/special-birthday/): यो जन्मदिन पनि यस अघिका जन्मदिन भन्दा औधि फरक त होइन । यसपटक मेरो जन्मदिनमा परेका केही संजोगहरुले भने जन्मदिन फरक रह्यो । जन्मनु आफैमा विशेष दिन । यसलाई सेलिब्रेट गर्नु पनि विशेष नै भैहाल्यो । उमेरले दुई दशक काटुन्जेलसम्म केक काट्ने, जन्मदिन मनाउने खासै चासो रहेन । केक काट्नु आफैमा आगन्तुक संस्कृति हो भन्ने बहस त छँदैछ । तर पनि केही केही कुराबाट आफु अछुतो भने रहन नसकिने रहेछ । अरुको सिको भनौ वा चलेको ट्रेन्ड, चाहेर वा साथीभाईको इच्छामा जन्मदिन मनाउन सुरु गरियो । अघिनै भनेझै यो जन्मदिनमा केही संजोग परे ।  पहिलो, मैले पहिलो पटक आफ्नो बुवाआमा... - [माहुरीले चिलेका दुई घटना [Memory Part-1]](https://bishalpana.com/honeyhunting_part1/): घटना १ः मह काँढ्न जाँदा दश एघार वर्षको हुँदो हुँ । एक साँझ गाउँले दाईहरु हाम्रो घरमा जम्मा भए । मह काढ्न जाने सल्लाह भयो । उमेरले सानो भएपनि दाईहरुले माया गरेर मलाई जता जाँदा नि सँगै लिएर जान्थे । साँझको खाना खाएपछि मह काढ्न जाने निधो भयो । म पनि मह काढ्न जान पाउने भएकाले खुशी भइरहेको थिए । बेलुका ८ बजेतिर दाईहरु पुनः हाम्रो घरमा जम्मा भए । हाम्रो बारीको करिब तीन सय मिटर पर सिमलको ठुलो रुख थियो । त्यो रुखका दुईवटा ठुला हाँगाहरु फैलिएका थिए । प्रायः गिद्ध बस्ने र गुँड बनाउने गथ्र्यो । बडेमानको सिमलको... - [[Cycle - a thought-changing experience ] भाडामा साइकल कुदाउँदा](https://bishalpana.com/cycle-culture-in-copenhagen-denmark/): डेनमार्क पुगेको दोस्रो दिन, राजधानी कोपनहेगनका केही महत्वपूर्ण ठाउँहरु घुम्ने मौका मिल्यो । करिब १० किलोमिटर जस्तो पैदल सयर गरेपछि ज्यान थकित त हुनेनै भयो । अब होटल फर्कौ भनेर गुगल म्याप हेरेको, होटल पुग्न झण्डै ४ किलोमिटर अरु हिँड्नुपर्ने रहेछ । जोर्डनका सहकर्मी साथिले बरु सबैको लागि म बाइक भाडामा लिन्छु, हिँड्न चाहि सक्दिन भन्ने लागे । साइकल भाडामा ! नेपालमा पठाओ बाइक चढेर त हिँडेको हो तर साइकल भाडामा ? एकछिन अचम्म परे । ‘हो नि साइकल भाडामा लिन सकिन्छ । म सँग त्यसको एप्स छ, पख है’, यति भनेर साथीले साइकल भाडामा लिने डंकि रिपब्लिक भन्ने खोल्यो... - [[A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना](https://bishalpana.com/rail-journey-memory/): फेसबुकमा नेपालगन्ज ग्यालरीको नोटिफिकेशन आयो । संविधान थापामगरले पोष्ट्याएका रहेछन् । पहिलो पटक रेल हेर्न बाँकेको शिवपुरीबाट आमा र भाइसँग साइकलमै रुपैडिहा पुगेको बारेमा । उनको पोष्टमा केही फोटोहरु पनि छन् ।  जसमध्येको एउटा फोटोमा रेलको डिब्बामा लेखिएको छ, ‘अलविदा छोटी लाइन मिटर गेज’ बहराइच नानपारा नेपापलगन्ज रोडमा चल्ने मिटर गेज रेल १० फेबु्रअरीबाट बिदा भएको छ । छोटी लाइन भनेर चिनिने यो रेललाई विस्थापित गर्न बडि रेल लाइनको निर्माण हुँदैछ । संविधानलेझै मैले पनि जीवनमा पहिलो पटक देखेको रेल यहि छोटी लाइन हो । जुन अब विधिवत रुपमै सेवाबाट बिदा भएको छ । संविधानको पोष्ट पढेपछि रेलसँग जोडिएको एउटा रमाइलो... - [[FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर](https://bishalpana.com/exploring-freetown-christiania-copenhagen/): डेनमार्क जाने योजना बन्दै गर्दा सहकर्मी साथीको सुझाव थियो, ‘क्रिस्चियानिया चाहि घुम्न नछुटाउनु है ।’ अझ त्यसमाथि आफै क्रिस्चियानियामै जन्मेहुर्केका सहकर्मीलेनै क्रिस्चियानिया घुमाउने प्रस्ताव गरेपछि त के चाहियो ।  डेनमार्क यात्राको दोस्रो दिन, बेलुकी पुगियो क्रिस्चियानिया । क्रिस्टियानियाको गेटमै हाम्रो टोलीलाई पर्खेका थिए साथी विलियम । क्रिस्चियानिया प्रवेश गर्ने मुलगेटमै छ मान्छेका अनेक स्वरुप कुँदिएका दुई खम्बाको बिचमा काठकै फलेकमा क्रिस्चियानिया लेखिएको स्वागतद्वार । त्यही स्वागतद्वारमा एक थान सेल्फी खिचेपछि हामी स्वतन्त्र शहर क्रिस्चियानियामा प्रवेश गर्र्यौ । साथी विलियमले क्रिस्चियानियाको इतिहासको बारेमा जानकारी गराए । क्रिस्चियानिया डेनमार्कको राजधानी कोपेनहेगनको केन्द्रमा छ । यो ‘स्वतन्त्र शहर’का नामले पनि परिचित छ ।... - [लेख्दा लेख्दै लेख्न लागे [Nepali Blogger]](https://bishalpana.com/bishal-blogger-writer-blogpost/): ‘जहाँ भएपनि लेख्न चाहि छाड्नु भएन है’, नेपाली पत्रकारिताका जानेमाने झलक गैरेले प्रत्येक संवादमा भनिरहनुहुन्छ । मैले लेख्ने प्रयास पनि गरेको हो । लेख्नका लागि थुप्रै प्रसंगहरु छन्, अनुभवहरु छन, विषयहरु छन् । मेरा यात्रासँग, साथीभाई, परिवार अनि घटना परिघटनासँग जोडिएका थुप्रै कथाहरु छन् । कहिले कम्प्युटरका फाइलमा कहिले कापीमा केही हरफ लेखेर छाडिएका थुप्रै लेखहरु छन् । सायद अब तिनिहरुलाई पुर्णता दिन बेला आएको छ । मैले बाल पत्रकारको रुपमा लेख्न सुरु गरे । वि.सं. २०५८ सालताका हुनुपर्छ, खेतबारीमा गाई चराउन जाँदा एउटा लेख लेखे । बाँके जिल्लाको नेपालगन्जबाट प्रकाशन हुने नेपाली एक्सप्रेसमा छापियो । पहिलो पटक आफ्नो नाम... - [[Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि](https://bishalpana.com/kilimarathon/): ‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।म्यासेज हेरेर पहिले त हाँसो लाग्यो । एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए । तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए । सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात अफ्रिकन महादेशको अग्लो हिमाल किलिमान्जारो । किलिमान्जारो हिमालको काखमा रहेको मोसी शहरमा प्रत्येक वर्ष आयोजना हुन्छ यो म्याराथन । तान्जानियामा रहेर काम गर्न थालेको करिब एक वर्ष पुग्नै लाग्दा यो प्रतियोगिता हुन लागेको थियो । धेरैजसो सहकर्मीहरुले म्याराथनमा भाग लिनका लागि नाम दर्ता गर्न थालिसकेका... - [The Unsung Hero of Nepalgunj's Photograph- तस्बिरका कुरा](https://bishalpana.com/bishalpanapodcast-photography/): कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे ।  फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो ।  फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने, कस्तो पोजमा फोटो खिच्ने, घर अगाडि खिच्ने कि खेतबारीमा खिच्ने योजना बन्न थाल्थ्यो । फोटो खिच्न आउने मान्छे फोटो खिचेर जान्थे । हप्ता दश दिन कहिले काही त महिनादिन पछि फोटो धुलाएर नेगेटिभसहित आउथे । त्यो दिन गाउँमा एक खालको तमासनै हुन्थ्यो । कस्को फोटो... - [[Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’](https://bishalpana.com/%e0%a4%ac%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%b8%e0%a5%8c%e0%a4%a6%e0%a4%be/): दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल, तरकारी, खिरलगायतका पकावनहरु थिए । लंगर पस्कनका लागि बालक देखि वृद्धसम्म आआफ्नो भूमिकामा देखिन्थे । उनिहरुलाई नकसैले निर्देशन दिनुपरेको थियो, न कसैले अह्राउनु परेको थियो । मानांै एउटा स्वचालित मेसिन जस्तै सबै प्रक्रिया चलिरहेको थियो । लंगर सुरु भएकोकरिब एक घण्टामा एक सयभन्दा बढिले पेटभरी लंगर ग्रहण गरे ।... - [[The Last Name] थर फेरिँदा](https://bishalpana.com/thelastname/): बासस्थान पुगेको केही बेरमा श्रीमतीज्यूले निम्तोकार्ड थमाईन् । विवाह भोजको चुले निम्तौ रैछ । ओल्टाई पल्टाई सबै विवरण हेरे । अन्तिममा बाहिर पट्टी नाम लेखेको भागमा ध्यान गयो । नाम त ठिकै थियो । थर चाहिं ‘बुढामगर’ । ‘मलाईनै पठाएको निम्ता हो र ?’ एक छिन् रनभुल्ल परे । श्रीमतीज्यू खिसिक्क हाँसिन् । ‘नाम त तपाईकै लेख्या रैछन् । जात चाहि मेरो परेछ ।’, उनले हाँस्दै भनिन् ।मेरो नाममा उनको थर लेखिएकोमा उनि खुसी भन्दा बढि असमञ्जस थिइन् ।‘कस्तो मान्छे रैछ, नाम थर त सहि लेख्नु नि ?’ एकछिन झनक्क रिस उठ्यो । फिसिक्क हाँसे र टारे । कुरो ठुलो... - [[A pothole] खाल्डोको कथा : उसकै जुवानी](https://bishalpana.com/%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%89%e0%a4%b8%e0%a4%95%e0%a5%88-%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80-2/): म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो । नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक अगाडिको खाल्डो । मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र अलकत्राबाट । अनि मेरो बासस्थान भनेको नेपालगन्ज–कोहलपुर फोर लेन सडक हो । यतिले मात्र मेरो परिचय नपुग्ला । शहरमा मेरो उपस्थितिलाई लिएर गाली गर्ने धेरै छन् तर मेरो अस्तित्व मेटाउने साहस अझैसम्म कसैले गरेका छैनन । मेरो अवस्थितीलाई उचाईमा होइन, गहिराइ र चौडाईमा नापिन्छ ।... - [[Qawwali] नेपालगन्जको मच्छर : सुर्खेत यात्रा](https://bishalpana.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%96-2/): सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत । साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी : मात्र एक पुरूष । साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन । त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली ‘मेरे रस्के कमर, तुने पहेलि नजर, जब नजरसे मिलाई मजा आगया’ को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले गाएका थिए । नेपालगन्ज छोड्दाको तयारी यति थियो । नेपालगन्ज छाडेर २६ किलोमिटर पर चिसापानीको निकुन्ज चेकपोष्टमा आफ्नो विवरण टिपाएर उकालो लागेपछि हेल्मेटम भित्र लाइभ कव्वालीको आवाजलाई चिर्ने गरी केही कराएझै लाग्यो । कसैले कव्वालीमा बज्ने ताली जस्तै कोही चर्को स्वरमा तालि बजाइरहेको थियो ।... - [Tea Culture in Nepal: WHY we say "चिया एक बहाना"?](https://bishalpana.com/tea-culture-in-nepal/): Tea Culture in Nepalgunj विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् ।  दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट गर्ने, देशको राजनीति अनि आफ्ना कामका बारेमा कुराकानी गर्ने मौका जुराइदिन्छ । नौसादसँग चिया पिइरहेका मेडिकल व्यवसायी रन्जित चौरासिया, रेडक्रसमा कार्यरत अजिज अहमद सिद्दिकी नौसादको तर्कसँग सहमत छन् । ‘बिहान चिया खान आउँदा साथी भाईहरुसँग भेट हुन्छ । दिउँसो सबै आफ्ना काम, व्यवसायमा जान्छन् त्यसैले बिहानै चिया खान... - [[Traffic Lights] अब पालो रातो, हरियो र पहेँलोको](https://bishalpana.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a5%87%e0%a4%81%e0%a4%b2-2/): एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर कारवाही पनि गर्दै थिए । करिब दुई मिनेट त्यो भिडमा रोकिँदा म भन्दा पछाडी सयबढि सवारीसाधनहरु लाममा लागिसकेका थिए । त्यही दुई मिनेट रोकिँदा मेरो मनमा यो आलेख फुरेको हो । अघिल्लो बिहान मैले फेसबुकमा रोकिएका बेला खिचेको फोटो सहित ‘मेरो शहरमा ट्राफिक व्यवस्थापनको यो अभ्यास देखियो । अब चोक... - [[Fun Factors] फन इन युगाण्डा](https://bishalpana.com/%e0%a4%ab%e0%a4%a8-%e0%a4%87%e0%a4%a8-%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be-2/): म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा  एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो । त्यसैले त यहाँ खैरो र गोरो छाला भएकालाई ‘मुजुङ्गु’ भन्छन् । भुमध्य रेखामा पर्ने भएकोले यो देशका मान्छे काला छन् । तर समय भने दिन र रात बराबर हुन्छ । अर्थात् १२–१२ घण्टा । अर्को कुरा भुमध्ये रेखामा पर्ने भएपनि युगाण्डाको राजधानी कम्पाला र नेपालको... - [[Public Health] यो के म पकाएर खाउँ ?](https://bishalpana.com/%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a5%87-%e0%a4%ae-%e0%a4%aa%e0%a4%95%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%96%e0%a4%be%e0%a4%89%e0%a4%81-2/): युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ । म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे । यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो । यहाँ ‘भेजिटेबल करि’ भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी र गाँजर पाकेर आइपुग्छ । साग भने काउलीको पात जस्तो ‘सुकुमो विकि’ भन्ने प्रमुख हो । एक भाषामा भन्ने हो भने केरा नभए यहाँ ठुलै खाद्य संकट पर्छ । किनकी, हामीले आलुलाई तरकारीको राजा भनेझै केरा यहाँको राजा हो । जसलाई तपाई ढेडो बनाएर पनि... - [[Child Journalist] मेरो पत्रकारिताको न्वारन](https://bishalpana.com/myjournalism/): वि.सं. २०५९ साल । म त्यस बेला बालक्लवको सक्रिय सदस्य थिए । बालक्लवमार्फत बालबालिकाहरुको लागि आवाज उठाउने काममा सक्रिय थिए । त्यसैक्रममा मानवअधिकार सचेतन मंच (एफा)ले आयोजना गरेको आधारभूत बाल पत्रकारिता तालिममा सहभागी हुने अवसर पाए । समाचार भनेको के हो भन्ने थाहा पाए पछि भने मलाई आफु पनि समाचार लेख्ने र पत्रकार बन्ने भुत सवार भयो । गाउँमा हामी ३,४ जना साथीहरु मिलेर भित्तेपत्रिका निकाल्न थाल्यौं । त्यसबेला नेपालगन्जबाट प्रकाशित हुने ‘नेपाली एक्सप्रेस’ एउटा लोकप्रिय दैनिक पत्रिका थियो । हरेक पत्रकार वा नागरिकलाई आफ्नो समाचार र लेख रचना नेपाली एक्सप्रेसमा छपाउनको लागि ठुलो धोको हुन्थ्यो । पत्रिकामा छापिए त्यसको... - [[An Open Letter] शुशिल दा’लाई खुला पत्र](https://bishalpana.com/%e0%a4%b6%e0%a5%81%e0%a4%b6%e0%a4%bf%e0%a4%b2-%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-2/): सर्वप्रथम नेपाली काँग्रेसका सभापती शुशिल कोइराला ‘शुशिल दा’लाई बाँके क्षेत्र नं. ३ बाट विजयी हुनुभएकोमा बधाई । नेपाली राजनीतिमा अभिभावकिय इतिहास बोकेको दल नेपाली काँग्रेसको ‘सुप्रिमो’ भएको नाताले पनि तपाईको विजय पक्कै पनि सबै लोकतन्त्रवादीहरुको लागि खुसीको कुरा हो । अझ नेपाली काँग्रेसलाई आफ्नो आदर्श मान्नेहरुको लागि त यो एउटा गर्भ गर्ने कुरानै हो । २०६४ मा भएको पहिलो संविधानसभाको चुनावमा तपाईको हारले पक्कै पनि नेपाली राजनीतिमा एउटा खालको तरंग ल्याएकै हो । तर यसपटक जीतले भने तरंग मात्र होइन आशा र अपेक्षा पनि संगै ल्याएको छ । नेपाली काँग्रेसको नेताको रुपमा तपाईले निभाएको भूमिका पार्टी कार्यकर्ताको मात्र नभएर एउटा... - [[ Cultural Shock!] म पापी !](https://bishalpana.com/%e0%a4%ae-%e0%a4%aa%e0%a4%be%e0%a4%aa%e0%a5%80-2/): -बिशाल रानामगर “किन तैले यो मासु खाँदैनस् -” गाईको मासु राखिएको भाँडो छाडेर अघि बढेको देखेर मेरो पछाडीको टाइसुटमा उभिएको मान्छेले सोध्यो । होटलले दिने खानमा अनिवार्य गाई वा गोरुको मासुको परिकार कहिले झोल त कहिले तारेर राखिएको हुन्छ । जुन म प्रत्येक दिन लहरै राखिएको खानाको टेबलबाट आफ्नो थालमा नहालेरै अघि बढ्ने गर्थे । सायद र्टाईसुटवालाले यो कुरा ख्याल गरिरहेको थियो । आज त सोधिनै हाल्यो । “म गाईको मासु खाँदिन ।” उ तिर फर्किदै मैले भने । कालो वर्ण्र्ााे म भन्दा करिब एक फुट त अग्लो हुनै पर्छ । त्यही भएर मलाई तनक्क तन्किएर जवाफ फर्काउन परेको थियो... - [[Nepali Festival] परदेशको दशैं](https://bishalpana.com/%e0%a4%aa%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%82-2/): नेपालगन्जस्थीत रंगशालामा फुटबल हेरेकाहरुलाई सायद ताजै होला भक्त रानामगरको “डल्पिmन किक” । धेरैले यसलाई “भक्ते किक” को नामले पनि चिन्छन् । मंगोलियन अनुहार, होचो कदका भक्तले हान्ने किक हत्तपत्त गोलपोष्ट नचुमि र्फकदैनथ्यो भन्छन् उनका खेल हेरेकाहरु । विदेशमा रहेका नेपालीहरुले कसरी दशैं मनाउँदै छन् त भन्ने बारेको चर्चा यीनै भक्त रानामगरबाट सुरु गरौं । नेपालगन्ज-१ धम्बोझीका स्थायी बासिन्दा भक्तको रगतका थोपा थोपामा फुटबल थियो र छ पनि । कुनै समय पश्चिम नेपालमा भक्त भनेपछि फुटबलका हस्ती टोली पनि उनको टिमसँग भिड्न हिच्किचाउँथ्यो । फर्ुर्तिलो ज्यान, छरितो पास र दमदार सुटका कारण उनको फुटबल खेलको चर्चा अझै पनि हुने गर्छ ।... - [[Violence aginst Women] महिला हिंसाका उस्तै रुप](https://bishalpana.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%88-%e0%a4%b0%e0%a5%81%e0%a4%aa-2/): “बिशाल ती महिलाको स्टोरी बनाउनु परो ।” मेरो सहकर्मी प्याटिकले केही दिन अघि घरेलु हिंसामा परेकी एउटी महिलाको फिचर लेख्नु पर्ने आग्रह गर्यो । “हुन्छ ।” मैले सहजै उत्तर दिए । नेपालमा हुँदा पत्रकारिता गरेको अनुभव भएको हुनाले पनी मलाई त्यो प्रस्ताव स्वीकार्न खासै गाह्रो भएन । मेरो स्वकारोक्तिसँगै दोस्रो दिन मेरो कार्यक्षेत्रमा पर्ने क्वेन जिल्लाको कुनै गाउँमा मलाई स्थानीय भाषा सहयोगी प्रेसिलासँगै पठाइयो । पीडितको बारेमा आवश्यक जानकारी लिएर पीडितको घर पुगेको भेट भएन । पत्ता लगाउँदै जाँदा अलि पर छिमेकीको घरमा मकै छोडाउँदै रैछन् । सहयोगी प्रेसिलालाई पीडितले कुरा गर्न मान्छ कि मान्दैन सोध यदि मान्छ भने अनुमति... - [[Nepali Community in Uganda] युगाण्डामा तीज मिलन](https://bishalpana.com/%e0%a4%af%e0%a5%81%e0%a4%97%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%9c-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%a8-2/): अफ राष्ट युगाण्डामा रहेका नेपालीहरुले हरितालिका तिज विविध कार्यक्रम गरी मनाएका छन् । गैर आवाशिय नेपाली संघ युगाण्डाको आयोजनामा १० सेप्टेम्बर -भदौ २५ गते ऋषि पञ्चमी)मा युगाण्डाको राजधानी कम्पालामा हरितालिका तिज साँझको आयोजना गरी मनाइएको हो । हरेक वर्षmै संघले आयोजना गरेको तिज मिलन कार्यक्रममा युगाण्डामा सरकारी, गैरसरकारी, संयुक्त राष्ट संघ, नीति तथा पर्यटन क्षेत्रमा कार्यरत ५५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गैर आवासिय नेपाली संघ युगाण्डाका अध्यक्ष जिबन पंगेनीले संघलाई कानुनी रुपमा अगाडि बढाउनको लागि पहल जारी रहेको बताए । अध्यक्ष पंगेनीले कार्यक्रममा संघका कार्यसमिति सदस्यहरुलाई परिचयसमेत गराएका थिए । जसमा इश्वरी बश्याल, मन्जुल पाठक, विनोद... - [[Gas Marathon] ग्यास म्याराथन](https://bishalpana.com/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8/): यो साता अलि व्यस्त अनि दौडधुपमा बित्यो । यहाँ आएको तिन हप्ता भन्दा बढि होटलमा बस्नु परेपछि मेरो लाइन म्यानेजरले जति सक्दो छिटो आफ्नो फल्याटमा र्सर्नु भनेर खबर पठाए । अफिसको बाटो माथि म बस्ने तय भएपनि म बस्ने घरको केही काम बाँकि थियो । घरबेटीलाई पटक पटकको अनुरोध पछि म र्सर्ने भनेको दर्ुइ साता पछिमात्र घरको काम सकिएको थियो । यहाँ आएपछि यहाँका मान्छेको काम गर्ने शैलीले केही हतास पनि बनाएको छ । आज हुन्छ सर भनेको काम कम्तीमा पनि तिन दिन लाग्छ । यस्तै मेरो घरबेटीको पनि शैलि थियो । तर तीन दिन लगातार पछि लागेपछि बल्ल घरमा... - [[Muzungu- a Foreigner] मुजुङ्गु !](https://bishalpana.com/muzungu/): क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त उनले म तिरै हात हल्लाएर पो “मुजुङ्गु । मुजुङ्गु” भनिरहेकी थिइन् । म अचम्ममा परे । हैन यार यी नानीले भन्न खोजेकी के हुन् । भाषागत हिसाबले क्याप्चोरवा क्षेत्रको भाषा अलग छ । यहाँ मैले अंग्रेजी बाहेक अरु बोलेको बुझ्दिन । अब यो मुजुङ्गु भन्या... - [[Sipi falls-Uganda] ओऽऽऽ सिपि ।।।](https://bishalpana.com/oh-sippi/): युगाण्डा आए देखिनै एक्लोपन महशुस भइरहेको छ । नयाँ देश, नयाँ परिवेश, नौला मान्छे र खानपिनका कारण मलाई यहाँ आएदेखिनै स्थानीय हावापानीसँग घुलमिल हुन गाह्रो परिरहेको छ । कहाँ म ४२ डिग्रीसम्म गर्मी हुने नेपालगन्जमा बसेको मान्छे अहिले २२ डिग्री तापक्रम भएको अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वमा पर्ने क्याप्चोरवा जिल्लामा छु । यो जिल्ला अफ्रिकी महोदेशकै अर्को राष्ट्र केन्यासँग सिमा जोडिएको छ । क्याप्चोरवा आफैमा सुन्दर त छ नै विश्व मान चित्रमा यो देशलाई चिनाउन यहि ठाउँका स्टेफेन किप्रोचिले सघाएका छन् । किप्रोचि त्यो व्यक्ति हुन जसले सन् २०१२ मा लण्डनमा भएको ओलम्पिक खेलमा पुरुष तर्फ म्यारथन दौडको उपाधि जितेका थिए... - [[Travel Experience-Bhopal] थ्री भाईज्](https://bishalpana.com/threebrothers/): with Rishi, Vijaya, Bakul Bhai, and other friend… केहि वर्ष अघि रिलिज भएको आमिर खान अभिनित बलिउड चलचित्र थ्री इडियट्ले साहैनै चर्चा पायो । फिल्मको कथा र कलाकारको जिवन्त अभिनयले फिल्मलाई सुपर हिट बनाउन मद्दत गरेको थियो । थ्री इडियट्मा रहेका तिन पात्रझै गत साता मेरो भारत भ्रमणको क्रममा यस्तै तिन पात्रसँग भेट भयो । यहाँ म उनीहरुलाई थ्री इटिय्सको साटो थ्री भाईज्को रुपमा चित्रण गर्न चाहन्छ । प्रसंग भारतको मध्यप्रदेशको राजधानी भोपालमा भएको युवा संसदमा सहभागी हुँदाको हो । जल, जमिन र जङ्गलको लागि आन्दोलनरत एकता परिषद्ले कार्यक्रमको आयोजना गरेको थियो । परिषद्का अध्यक्ष तथा समाजसेवी राजागोपाल पि.वि.को छत्रछायाँमा... ## Pages - [Travel Diary](https://bishalpana.com/%e0%a4%97%e0%a5%83%e0%a4%b9-%e0%a4%aa%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a0-home-page/) - [मेरो बारेमा (About Me)](https://bishalpana.com/aboutme/): म नेपाली । म आफुलाई मनमा लागेका कुरा लेख्न मन पराउँछु । म यात्रा गर्न, फोटो खिच्न अaनि कुरा सुन्न रुचाउँछु । त्यसैले करिब दश वर्ष अगाडिदेखि मैले ब्लग लेख्न सुरु गरेको थिए । मेरा ब्लगमा प्राय मैले यात्रा गर्दा गरेका अनुभवहरु छन । यसका साथै मैले आफै अनुभव गरेका कुराहरु पनि म लेख्न रुचाउँछु । म पनि यसै समाजको एउटा सदस्य हुँ । त्यसैले समाजमा भएका कुराहरुलाई म गहिरोसँग नियाल्छु । त्यसबाट मलाई केही नयाँ कुरा सिक्न मद्दत मिल्छ । समाजमा भएका घटनाबारेमा मलाई आफ्नो धारण पनि राख्न मन लाग्छ । मैले बाल पत्रकारको रुपमा लेख्न सुरु गरेको थिए... [comment]: # (Generated by Hostinger Tools Plugin)